Play

अमेरिकामा बेपत्ता नर्स ममता अझै बेपत्ता, ममताका श्रीमान नरेश १४ दिनको न्यायिक हिरासतमा

गुरुकुल खबर


काठमाडौं- अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्ट अझै बेपत्ता छिन्। उनको घरको बेडरुम र बाथरुममा भेटेको रगत, उनले किनेका तीनवटा चक्कु र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नरहेको निष्कर्षमा प्रहरी पुगेको छ। सोहि कारणले उनका श्रीमान् नरेश भट्टलाई प्रहरीले गरेको छ । ममताको ‘हत्या भएको’ हुन सक्ने प्रमाण प्राप्त भएपनि ममताको शब् भने अझै सम्म भेटिएको छैन ।

वासिङ्टन पोस्टको एक रिपोर्टअनुसार नरेश भट्ट उक्त घर बेचेर भाग्ने तयारी गरिरहेको प्रमाणहरु फेला परेका छन्। प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्घृत गर्दै भनिएको छ,  ‘बेपत्ता नर्स ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए। सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए।

यही कारण प्रहरी अधिकारीहरूले उनी भाग्ने प्रयासमा रहेको निष्कर्ष निकालेका छन्।  प्रिन्स विलियम काउन्टीका अभियोजक साराह सामीले अनुसन्धानकर्ताहरूले परिवारको घरमा रगतको थुप्रो फेला पारेको बताइन्। तर उनले बेपत्ता महिला २८ वर्षीया ममता काफ्ले भट्टसँग अहिलेसम्म सम्पर्क नगरेको र उनको शव फेला नपरेको बताएकी छिन्

जुलाइ  ३० मा  नरेश भट्टले चक्कुहरू किनेका थिए, जुनदिन अन्तिम पटक ममताको परिवारसँग सम्पर्क भएको थियो। उनी सोही दिन लाइसोल र फेब्रेज किन्न पनि गएका थिए। जसलाई अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन्।

नरेशलाई १४ दिनको न्यायिक हिरासतमा राखिएको छ। पहिलो सुनुवाइपछि प्रहरी अधिकारीले भनेका छन्,  ‘हामीलाई लाग्दैन कि हामी त्यस्तो दृष्यका लागि तयार छौं, मास्टररुम र बाथरुमका प्रमाणहरुले के भएको हुन सक्छ भन्ने चित्रित गरिरहेका छन्।’

मुद्दाका अभियोजक सामीले अदालतमा  नरेश भट्ट विरुद्ध थप अभियोग लगाउनुपर्ने बताइन्। नरेश भट्टले आफ्नी श्रीमतीको अवस्थाबारे अमिल्दा कथाहरु सुनाएर अलमल्याएको बताइन्। जुलाई ३१ देखि उनी परिवारको सम्पर्कमा छैनन्। नरेशले त्यो बीचमा कसैलाई खबर गरेका छैनन् । अगस्ट १ सम्म ममताको दुई सिफ्ट छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले प्रहरीलाई खबर गरेका हुन्।

मानसास पार्कका एक प्रहरी खबर भएको भोलिपल्ट उनको घरमा पुगेपनि नरेश भट्टले प्रहरीमा रिपोर्ट गर्न अस्वीकार गरे। उनले एकैपल्ट अगस्ट ५ मा मात्रै प्रहरीलाई खबर गरेका छन्।

१३ भाद्र २०८१, बिहीबार २१:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा