Play

अमेरिकामा २१ बर्षीय मुना पाण्डेको हत्यामा संलग्न भएको अभियोगमा एक जना पक्राउ

गुरुकुल खबर


पोखरा,  अमेरिकामा अध्ययन गर्दैरहेकी  २१ बर्षीय नेपाली बिद्यार्थी मुना पाण्डेमाथि गोली चलाएर हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको जनाएको छ।  ह्युस्टन प्रहरीले ती संदिग्धलाई आज ट्राफिक जामको समयमा पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले उल्लेख गरेको छ।

युवती पाण्डेलाई गोलि हान्ने युवकको तस्बिर प्रहरीले सार्वजनिक गरेको थियो ।  ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। शनिबार भएको उक्त घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि प्रहरीले समुदायको सहयोग मागेको थियो ।  प्रहरीले संदिग्धलाई देखेमा खबर गर्नका लागि मानिसहरूलाई अपील गरेको थियो।

ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेको र प्रहरीले त्यसपछि तत्काल ती संदिग्धलाई पक्राउ गरेको जनाईएको छ।  प्रहरीले उनको पक्राउबारे अरू विषय खुलाएको छैन। उनीविरूद्ध कुनै अभियोग पनि दर्ता नभएको प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ।

हत्याको कारण र उद्धेश्य खुलेपछि प्रहरीले पक्राउ परेका व्यक्तिमाथि मुद्दा चलाउने बताएको छ।

ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एयरपोर्ट नजिक रहेको मुनाको अपार्टमेन्टबाट एक प्रौढ उमेरका  पुरूष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो।

यसअघि मुनाकै प्रेमीले उनको हत्या गरेको आकलन गरिएको थियो। सिसीटिभी फुटेज सार्वजनिक भएपछि मुनाको हत्या प्रेमीले नगरेको खुलेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ।

मुना भोजपुरकी हुन्। उनलाई आमाले मात्रै हुर्काएकी थिइन्। आमा अनिता पाण्डे अधिकारी काठमाडौंमा छिन्। उनी एक्लैले दुःख संघर्ष गरेर छोरीलाई पढाएर थप अध्ययनका लागि सन् २०२१ मा अमेरिका पठाएकी थिइन्।

शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनीमाथि पटकपटक गोली प्रहार भएको प्रहरीले बताएको छ।उनको शव पोस्टमर्टम गरी थप अनुसन्धान अगाडि बढाउने त्यहाँको प्रहरीले जनाएको छ।

१३ भाद्र २०८१, बिहीबार १९:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा