Play

नाट्टा गण्डकीमा नयाँ समिति : अध्यक्ष सहित केहि पदमा सर्बसम्मत, केहीमा चुनाब

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेर टुर एबम ट्राभल एजेन्ट्सको रुपमा कार्यरत ब्यबसायीहरुको संस्था  ‘नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्टस’ ( नाट्टा ) गण्डकीको अधिबेशनले किशोर दाहाल अध्यक्ष रहेको १३  सदस्यीय नया कार्यसमिति चयन गरेको छ।

नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए। उद्घाटन समारोहमा नाट्टाको इतिहास समेटेर प्रकाशन गरिएको स्मारिका ‘द इरा’ को बिमोचन समेत मुख्यमन्त्री पाण्डे सहितका अतिथिहरुले गरेका थिए ।

कार्यसमितिको अध्यक्ष किशोर दाहाल सहित केहि पदमा सर्बसम्मत भएपनि केहि पदमा निर्बाचन भएको थियो । अध्यक्ष दाहाल रेन्बो एडभेन्चर ट्राभल्स एण्ड टुर्सका संचालक हुन् ।

समितिको प्रथम उपाध्यक्षमा संगीता पौडेल र द्वितीय उपध्यक्षमा राजेश पहारी निर्बाचित भएका छन प्रथम उपाध्यक्ष पौडेलले ८२ मत प्राप्त गरेकोमा उनको प्रतिद्वन्दी कमला गिरीले ४२ मत मात्र प्राप्त गरेकी थिईन। पौडेल यस अगाडिको समितिमा महासचिब र गिरि द्वितीय उपाध्यक्ष रहेर काम गरेकी थिईन । पौडेल नेपाल टिका ट्राभल्सकी संचालक हुन ।उनि पोखराको लेकसाइड स्थित टिका रिसोर्टकी संचालक समेत हुन।

द्धितिय उपाध्यक्षमा भने राजेश पहारी झिनो मतले बिजयी बने। उनले ६५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी विश्वराज आचार्य आचार्यले ६२ मत प्राप्त गरेका थिए । पहारी फिस्टेल होलिडेजका संचालक हुन।

समितिको महासचिब, सचिब र सह-कोषाध्यक्ष निर्बिरोध निर्बाचित भएपनि अन्य पदाधिकारी र सदस्यहरु भने मतदान प्रक्रिया मार्फत नै चयन गरिएको थियो।  कार्यसमितिको महासचिबमा निर्बिरोध निर्बाचित चेत बहादुर कार्की जिरो पोइन्ट ट्राभल्स एण्ड टुर्सका संचालक हुन्।

यसैगरि कार्यसमितिको सचिबमा निर्बिरोध निर्बाचित नबराज भण्डारी नोभेल इन्टरनेसनल ट्राभल्स,ट्रेक्स एण्ड एक्सपेडीसन्स का संचालक हुन

कोषाध्यक्ष पदमा सुभाष पहारीले ८६ मत प्राप्त गरेर विजयो बन्दा उनका प्रतिद्वन्दी  शुशिला सिग्देलले ४० मत मात्र प्राप्त गरेकी थिईन । पहारी ड्रिम वे ट्राभल्स एंड टुर्सका संचालक हुन।

यसै गरि सहकोषाध्यक्ष पदमा सन्दिप श्रेष्ठ पनि र्निबिरोध निर्बाचित भएका छन। उनि ग्लोबल इन्टरनेसनल ट्राभल्सका संचालक हुन्।

पाँच जना सदस्य चाहिनेमा लागि सात जनाको बिचमा चुनावी चुनाबी प्रतिष्पर्धा भएको थियो । जस अनुसार लिंकेज ट्राभल्स एण्ड टुर्सका प्रतिक लामिछाने १०२ मत, साइट नेपाल ट्राभल्स एण्ड टुर्सका संचालक छवि रमण पौडेलले ९९ मत,  ओपन भिजिट नेपाल ट्राभल्स एण्ड टुर्सका पदमराज आचार्यले ८५ मत, इमेज होलिडेजका संचालक विजय पौडेलले ८१ मत र डीलाइट ट्रीप ट्राभल्स एण्ड टुर्सका तुलबहादुर गुरुङले ७१ मत र यांचाओ एडभेन्चरका खिमबहादुर नेपाली कार्यसमितिमा निर्बाचित भए । युवराज हमाल र सोमनाथ अधिकारी  दुवै जनाले ५८ मत मात्र प्राप्त गरेको कारण कार्यसमितिमा निर्बाचित हुन सकेनन।

३० श्रावण २०८१, बुधबार १२:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा