Play

राप्रपाको बिशेष महाधिबेशन गर्न केन्द्रीय सदस्य थापाको माग

गुरुकुल खबर


पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन पार्टीको विशेष महाधिवेशन गर्दै नयाँ उर्जा लिएर अघि बढ्नु पर्ने सुझाएकी छन् ।

आफ्नो सामाजिक संजालमा राप्रपाको बारेमा लेख्दै उनले बिशेष महाधिबेशन गर्नुपर्नेमा जोड दिएकी हुन । यस अगाडिको संसदीय निर्बाचनमा मोरंग -३ मा उमेद्वार समेत बनेकी थापाले राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने उल्लेख गरेकी छन।

यस्तो कदम पार्टी तथा विचारको हितमा हुने लोकप्रिय कलाकार तथा राप्रपा कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको धारणा छ ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ उर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार  थापाले भनेकी छन् ।  पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु नहुने उनको भनाइ छ ।

११ असार २०८१, मंगलवार १२:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा