Play

नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनमा, नयाँ गीत ‘हतारले’ सार्बजनिक

गुरुकुल खबर


काठमाडौं– गत शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । मंगलवार युट्यूबमा रिलिज गीतमा फिल्म चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।

फिल्मको यो गीतमा सलिन मगरको शब्द, संगीत र स्वर रहेको छ । हाल प्रदर्शनमा रहेको यो फिल्मले दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएको छ । विशेषगरी डेव्यु अभिनेता निश्चल र साम्राज्ञीको कमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । साथै कथावस्तुलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

घनश्याम लामिछाने निर्देशित यो फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासहित कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

यो फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।

 

३० जेष्ठ २०८१, बुधबार १०:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा