Play

कास्कीका बिनोद कुँवरसहित दुईजना नेपाल सरकारको सचिबमा बढुवा, शिक्षक सेवा आयोगमा नियुक्ती

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपुर्ण गाउँपालिकाका बिनोद बहादुर कुँवर नेपाल सरकारको सचिबमा बढुवा भएका छन। नेपाल सरकारको सहसचिब रहेका कुँवरलाई बिहिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। उनि लामो समयदेखि नेपाल सरकारको कर्मचारीको रुपमा बिभिन्न पदमा रहेर काम गर्दै केहि बर्षदेखी सहसचिबको जिम्मेवारीमा थिए।

सचिबमा बढुवा गरेसंगै उनलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ। कुँवरले यस अगाडी प्रधानमन्त्री कार्यालय देखि बिभिन्न संघिय मन्त्रालय एबम प्रदेशका मन्त्रालय र अन्य निकायमा रहेर काम गरिसकेका छन । कुँवरले अन्नपुर्ण गाउँपालिकाको समग्र बिकासमा बिभिन्न किसिमबाट सहयोग गर्दै आएको स्थानीय बासिन्दाहरुको भनाई छ।

मन्त्रीपरिषदको बैठकले दुईजना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेकोमा अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको हो।

यसैगरी शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ। जसअनुसार आयोगको अध्यक्षमा भक्तपुरका डा.हरिप्रसाद लम्साललाई र सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मन्त्री पोखरेलले भने, ‘संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा आगामी असोज ६ देखि १० गतेसम्म सहभागी हुन,’ उनले थपे, ‘प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको छ।’

२५ भाद्र २०८३, बिहीबार १८:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा