Play

पोखरेली कलाकार माओत्से गुरुंगको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’ को निर्माण हुँदै

गुरुकुल खबर


पोखरा, पोखरामा रहेरपनि कला क्षेत्रमा राष्ट्रियस्तरमा पहिचान बनाउन सफल माओत्से गुरुङ यतिबेला अर्को नया चलचित्र निर्माणको तयारीमा छन।

डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ हिट भएपछि निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ प्रोजेक्टको रुपमा फिल्म ‘पेन्सनपट्टा’को घोषणा गरेका छन् ।

शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी केटाको कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए । ‘एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यसमा हुनेछ,’ उनले भने ।

मंसिर पहिलो सातादेखि पोखरा आसपासमा छायांकन गरिने फिल्मका कलाकार तय छैनन् । अघिल्ला फिल्ममा दयाहाङ राईसँग सहकार्य गरेका माओत्सेले यसपटक भने दयाहाङसँग सहकार्यबारे निधो भइनसकेको बताए ।

फिल्म निर्माताको तर्फबाट डीबी गुरुङले चाँडै कलाकार तय हुने जनाए । यसपटक माओत्सेले आफ्नै फिल्म निर्माता कम्पनी माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण गर्न लागेका हुन् ।

माओत्से पछिल्लो समय घरेलु फिल्मका चर्चित अभिनेता समेत हुन् । उनले ७ गुरुङ फिल्म समेत निर्देशन गर्दैछन् ।

 

३० जेष्ठ २०८१, बुधबार ०७:३४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा