पोखरा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरही ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०८०’ बाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट राष्ट्रियताको सम्बर्धन, लोकतन्त्र,नागरिक अधिकार एबम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा बिरहिलाई चिनिन्छ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन् । जनकपुरका विरही ४४ वर्षदेखि निरन्तर पत्रकारितामा छन ।
पत्रकार बिरहीले १५ वर्षको उमेरदेखि लोकतान्त्रिक आन्दोलनमा लागेर पटक पटक गिरफ्तार भई राजकाज अपराध एबम सुरक्षा कानुन अन्तर्गत धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, काठमाडौँ लगायतका स्थानमा गरि करिब ७ वर्ष जेल र ३ वर्ष निर्वासनमा बिताएका थिए । बिरही २०३७ सालदेखि पत्रकारितामा सक्रिय थिए उनले योगी नरहरिनाथको अन्तरबार्ता प्रकाशित गरेको अभियोगमा उनलाई ८ महिना कैद गरिएको र अन्तरबार्ता प्रकाशित पत्रिकाको दर्ता खारेज गरिएको थियो । २०४८ सालमा महाकाली सम्झौताको सन्दर्भमा कार्टुन छापेको र क्षमा याचना गरेमा सर्वाच्च अदालतले सजायं मिनाहा गर्ने फैसला भएपनि माफि माग्न इन्कार गरेपछि अदालतको आदेश अनुसार १ हप्ता कैद सजायं भोगेका थिए ।
किर्ति स्मृति पत्रकारिता बृत्ती सम्मान पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको सूर्यप्रेम ट्रस्टको सहकार्यमा नेपाल पत्रकार महासंघले संचालन गरेको हो । सुर्यबहादुर केसीका बुवा किर्ति बहादुर केसी केहि समय भारत गएर बसेको र त्यहाँ सिकेको सिप नेपालमा आएर प्रयोगमा ल्याएको व्यक्तित्व हुन । उनी २०२२/२३ सालमा नै पोखरामा ठेक्कापत्ता र निर्माण ब्यबसायमा जोडिएर फेवा बाँध, सिंचाइको नहर, सडक र पोखराको भारतीय पेन्सन क्याम्प निर्माण लगायतका काम गरेका व्यक्तित्व हुन । उनले तोरी मिल, काठ मिल, राइस मिल आदि स्थापना समेत गरेर परिवारलाइ उद्योग ब्यबसायमा जोडेका थिए ।
उनका छोरा सुर्यबहादुर केसी १४ बर्षको उमेरदेखि नै ब्यबसायिक क्षेत्रमा संलग्न भई नेपालको प्रतिष्ठीत उद्योगी एबम ब्यबसायी बनेका थिए । पछिल्लो समयमा नेपाली काँग्रेसको राजनीतिमा लागेका केसीको पहलमा दक्षिण एशियामा नै पहिलो रारा चाउचाउ उद्योगको स्थापना सहित विभिन्न उद्योग, कलकारखाना, बैंकिंग, हाइड्रो र क्याम्पस लगायतको स्थापन र संचालनमा पनि महत्वपुर्ण योगदान रहेको छ। केसी दुई पटक पोखराको प्रधानपंच बनेर सांसद समेत बनेका थिए । उनले सामाजिक धार्मिक लगायत विभिन्न क्षेत्रमा आर्थीक एबम अन्य सहयोग गरेका थिए । पत्रकारिता क्षेत्रमा पनि नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनसंग मिलेर उनको परिवारले पुरस्कार स्थापना गरेका छन ।
कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएकामा महासंघ कास्कीले उक्त पुरस्कार सञ्चालन गर्दै आएको छ । नेपाल पत्रकार महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनको अबसरमा आयोजितसोहि समारोहमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि २० हजार र सम्मानपत्र छ ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् । २०५४ सालदेखि आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल पोखराका पुराना पत्रकार हुन् । उनी हाल फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमका सहसम्पादक एवं समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रथम राष्ट्रपति डा यादवले समाज, राष्ट्र र पत्रकारिता पेशाको हितको लागि धर्म निर्बाह गर्न सबै संग आग्रह गरे संबिधान र कानुन संगै बिधिशास्त्र अनुसार काम गर्नु पर्नेमा उनले जोड दिए।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको सन्दर्भमा उनले भने , सिरोहियाका बुवा जनकपुर आएर ब्यबसाय गरेका र सहयोगी सामाजिक व्यक्तित्व थिए ।अरु भारतीयहरुले नागरिकता पाएपनि सिरोहियाले लामो समय नागरिकता नपाएको तर त्यस क्षेत्रमा रचनात्मक काम गरेको जानकारी दिंदै यादवले भने – धेरै समय पछि हेमराज ज्ञवाली धनुषाको प्रमुख जिल्ला अधिकारी भएको बेला मात्र उनलाई नागरिकता दिईएको थियो त्यसपछि मात्र उनका छोराहरुले नागरिकता पाएका थिए।
कार्यक्रममा पुरस्कृत पत्रकार विरहीको चिनारी छनोट समिति संयोजक शर्मा र अर्का पुरस्कृत पत्रकार सिग्देलको चिनारी छनोट समिति संयोजक सुवेदीले गराएका थिए ।
सम्मानपछि बोल्दै बिरहीले नेपालको संविधानमा प्रेस स्वतन्त्रता भनेर उल्लेख गरे पनि अझै पनि व्यवहारमा त्यस्तो नभएको टिप्पणी गरे । उनले जुनसुकै दल र नेता सत्तामा पुगेपनि प्रेस स्वतन्त्रताको सवालमा उनीहरुको चरित्र उस्तै देखिने गरेको बताए पत्रकारहरुपनि सूचनाको बिश्वसनीय श्रोतको अभाव र छिनछिनमा आउने नया सूचनाका कारण पत्रकारितामा चुनौती थपिएको बताए। पत्रकार खुसी हुने अवस्था नरहेको भन्दै उनले नागरिकको सुसूचित हुने अधिकारमा मिडियाले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै आफ्नो स्व. केसी परिवारका सदस्य एबम युवा ब्यबसायी किरण केसीले आफ्नो बुवा सुर्य बहादुर केसीले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै अहिले पनि बुवाले आफ्नो छेउमा बसेर आफुलाई मार्गदर्शन गरिरहेको जस्तो लाग्ने बताए उनले डा रामबरण यादबको सादगी जीबनबाट आफु प्रभावित भएको उल्लेख गरे। उनले अग्रज पत्रकार बिरहीलाइ आफ्नो परिवारबाट स्थापित पुरस्कारले सम्मान गर्न पाउँदा खुसि लागेको बताए ।
सम्मानित पत्रकार सिग्देलले पत्रकार महासंघमा यति लामो आबद्धतामा महासंघबाट पहिलो पल्ट पुरस्कृत हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले पुरस्कारबाट पत्रकारितामा अझ ऊर्जा र उत्साह मिलेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारी, प्रदेशका अर्थ मन्त्री हरीबहादुर चुमान, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, कास्की काँग्रेसका सभापति किशोर बराल, राप्रपाका कास्की जिल्ला अध्यक्ष नारायण बराल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगाएतले आआफ्नो भनाई राखेका थिए।
सोहि समारोहमा पत्रकार महासंघको सदस्य रहेर लामो समय बिताएका शिरोमणी बराल सहित चारजनालाई सम्मानपत्र दिईएको थियो। बराल २०४१ सालदेखि विभिन्न पत्रपत्रिकामा संलग्न रहेकोमा पछिल्लो समय सुनौलो एफएम र गुरुकुल खबरमा आबद्द छन। उनि नेपाल पत्रकार महासंघको कार्यसमितिमा रहेर काम गरेक्का थिए । सम्मान पत्र पाउने अन्यमा ज्यो. डा. बलराम उपाध्याय रेग्मी, सुरेन्द्र थापामगर र विश्वप्रकाश लामिछानेलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
सोहि समारोहमा नेपाल पत्रकार महासंघ केन्द्रले यसअघि काठमाडौंमा घोषणा गरेको प्रेस स्वतन्त्रता सेनानी सम्मान प्राप्त गरेका पत्रकारहरु रमेश पौडेल, रवीन्द्र बास्तोला, नवराज सुवेदी र पदम रेग्मीलाई पनि समान पत्र हस्तातरण गरिएको थियो भने महासंघको कास्की शाखाको उत्कृष्ट सदस्यको रुपमा सन्तोष बश्याललाई १० हजार सहित पुरष्कृत गरिएको थियो।