Play

पर्बत दुर्लुंगका सामाजिक एबम राजनीतिक व्यक्तित्व रामकाजी गुरुंगको निधन

नेपाली काँग्रेसको राजनीति सहित गाउँको बिकासमा उनको सहयोगको स्मरण


गुरुकुल खबर


पोखरा, पर्बत जिल्लाको कुश्मा नगरपालिका -३ दुर्लुंगका राजनीतिक एबम सामाजिक कार्यकर्ता रामकाजी गुरुंगको ७८ बर्षको उमेरमा हालै निधन भएको छ। जहानिया राणा शासन बिरुद्द सक्रिय रहेका हर्क बहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ र दुर्गा बहादुर गुरुङ तिन दाजुभाईको परिवारका सदस्य एबम चन्द्रबहादुर गुरुङका छोरा रामकाजी गुरुङ आफ्ना बुवाहरुको प्रेरणाका कारण स्वभाबले नै प्रजातन्त्रबादी एबम नेपाली काँग्रेसका कार्यकर्ता थिए । उनले पंचायती शासनकालमा नेपाली काँग्रेसमाथि प्रतिबन्ध लगाइएको अवस्थामा नेपाली काँग्रेसका धेरै नेताहरुलाई आश्रय समेत दिएका थिए ।

नेपाली काँग्रेसका नेता कार्यकर्ता सहित आम सर्बसाधारणहरुलाई आर्थिक सहित अन्य किसिमको सहयोग गर्दै आएको भएपनि रामकाजीले आफुले पार्टी राजनीतिमा लागेर कुनै पदको आशा गरेनन । बरु उनका परिबारका सदस्य तथा दाई लालकाजी गुरुङ र उनका भाइ नबराज गुरुङलाई नेपाली काँग्रेसको राजनीतिमा सदैब सक्रिय रहन निरन्तर सहयोग गर्ने र प्रेरित गर्ने काम गरिरहे । रामकाजीको प्रेरणा र सहयोग समेतका कारण लालकाजीले नेपाली काँग्रेसको राजनीतिमा लागेर राष्ट्रिय सभाको सदस्य एबम पार्टीको केन्द्रीय सदस्य सहित पर्बत जिल्ला सभापतिको जिम्मेवारी पाए भने भाई नबराज गुरुङले पनि नेपाली काँग्रेस पर्बतको सभापति सहित प्रतिनिधि सभा सदस्यको लागि चुनाब लड्ने अवसर पाएका थिए ।

बिगत केहि समय देखि बिरामी परेका रामकाजी गुरुंगको गत बैशाख २८ गते निधन भएको थियो उनि २००३ सालको कार्तिकमा जन्मिएका थिए बिगतमा पर्बतको दुर्लुंगमा बस्दै आएपनि पछिल्लो समय रामकाजी गुरुंगको परिवार पोखराको रत्नचोकमा बस्दै आएको छ स्व रामकाजीका छोरा एक रत्नमान गुरुङ पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यमा आबद्द छन उनि पोखरामा लागु औषधको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट ग्रुपका उपाध्यक्ष समेत हुन् उनका तिन  छोरीहरुमध्ये रबिना गुरुङ बेल्जियम र मनकुमारी गुरुङ हंगकंग बस्छिन भने कल्पना गुरुङ पोखरामा बस्छिन

रामकाजी गुरुङले आफ्नो जिबनकालमा आफ्नो जिल्ला पर्बत  र गाउँ दुर्लुंगका बासिन्दालाई सदैब बिभिन्न किसिमको सहयोग गर्दै आएको स्थानीय बासिन्दाहरु स्मरण गर्छन । वहाँको निधन पछी हामी गाउँ दुर्लुंगबाट ३/४ पटक सबैजसो गाउँबाशीहरु पोखरा आएर वहाँप्रति श्रद्धान्जली र परिवारजनमा समबेदना प्रकट गरेका छौं । रामकाजीको निधन पछि आयोजित श्रद्धान्जली सभामा सहभागी नेपाली  काँग्रेस दुर्लुंगका सभापति समेत रहेका लेखबहादुर गुरुंगले भने वहाँको योगदान र सहयोगको सबैजसो गाउँलेहरुले स्मरण गर्नेगरेका छन ।

यसैबीच शुक्रबार पोखराको पंचकोशी आर्थरडांडा समाजको सभाहलमा स्व रामकाजीको गुरुङ परम्परा अनुसारको अर्घौं र श्रद्धान्जली सभाको आयोजना गरियो । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा न ३ दुर्लुंग कार्यसमिति द्वारा श्रद्धान्जली सभाको आयोजना गरिएको हो  । उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व रामकाजीले पार्टीको जिम्मेवारी नलिएको भए पनि वहाँ सदैब नेपाली काँग्रेस प्रति निष्ठाबान रहेको र कांग्रेस सहित आमनागरिकलाई सकेको सहयोग गर्ने स्वभावको भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु तथा परिवारका सदस्य द्वय नबराज गुरुङ र लालकाजी गुरुङ, स्व रामकाजीकी  छोरी रबिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एबम परिवारका सदस्य इछ्याबहादुर गुरुङ, गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ, नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघका गण्डकी प्रदेश अध्यक्ष जीतबहादुर गुरुङ,गणेशमान फाउन्डेसनका गण्डकी प्रदेश अध्यक्ष दुर्गा तिमिल्सेना. दुर्लुंगका कांग्रेस नेताहरु प्रितम गुरुङ र शंकर गुरुङ लगाएतले स्व रामकाजीको व्यक्तित्व र योगदान बारेमा प्रकाश पारेका थिए ।

सोहि श्रद्धान्जली कार्यक्रममा रामकाजीको परिवारको तर्फबाट दुर्लुंग गाउँमा एम्बुलेन्स संचालन गर्नको लागि  ३५ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।

११ जेष्ठ २०८१, शुक्रबार २३:१९ मा प्रकाशित
Nabintech