Play

आगलागी नियन्त्रणका लागि भरपर्दो ब्यबस्था गर्न र पिडितलाई उचित क्षेतिपुर्ति दिन कांग्रेसको माग

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले देशका विभिन्न जिल्लामा आगलागिबाट भएको क्षेतिप्रति दुख प्रकट गर्दै तत्काल राहत र क्षेतिपुर्तिको ब्यबस्था गर्न सरकारसंग माग गरेका छन।

आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गर्दै आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन हुन पुगेका पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रवन्ध गर्न सभापति देउवाले सरकारसँग जोडदार माग गरेका हुन ।

देशका महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरुमा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौं व्यक्ति घाइते, सयौं चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रुपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति देउबाले बिज्ञप्ती मार्फत गहिरो दुख समेत ब्यक्त गरेका छन् ।

आगलागीको यो घटनाका कारण आफ्नो आवास गृह सहित धनसम्पत्ति गुमाएका परिवारजनहरुप्रति सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक सहानुभूति प्रकट गर्दै आगलागीमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। देउबाले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन ।

आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग गर्न पनि देउबाले निर्देशन गरेका छन ।

१४ बैशाख २०८१, शुक्रबार २१:१४ मा प्रकाशित
Nabintech