Play

सहकारी ठगि छानबिन गर्न संसदीय समिति बनाउन र राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाइ उमेद्वार बनाउने कांग्रेसको निर्णय

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले वर्तमान सरकार सहकारीबाट पिडित भएका लाखौं नागरिक प्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको छ।

बैठकले सरकारका मन्त्री नै सहकारीको  रकम ठगीमा संलग्न भएको भन्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनश्चितताको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उचित भएको निष्कर्ष निकाल्दै तत्काल संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।

यस विषयमा सरकार गम्भीर नभएमा संसदको बैठक वा कुनै पनि कामकारवाही प्रभावित हुने सक्ने चेतावनी दिंदै बैठकले यसको जिम्मेवार सरकार नै हुने ठहर समेत गरेको छ ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा  बसेको बैठकपछि दलका सचेतक रमेश लेखकले जारी गरेको बिज्ञप्तिमा जनाइएअनुसार राष्ट्रिय सभा उपध्यक्षको निर्बाचनमा राष्ट्रियसभा सदस्य बिष्णुदेबी पुडासैनीलाई  नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनाउने निर्णय समेतबैठकले गरेको छ ।

बैठकका निर्णय हरु यसप्रकार छन ।

१   देशका विभिन्न सहकारी संस्थाहरुमा व्यापक अनियमितता एवं ठगी भएको छ । लाखौं वचतकर्ताले सहकारीमा जम्मा गरेको अरबौं रकम दुरुपयोग, अपचलन, हिनामिना र ठगी भई लाखौं नागरिक पिडित भएका छन् । आफ्नो जीवनको सम्पूर्ण आर्जन सहकारीबाट ठगी भई विचल्लीमा परेका आमनागरिकहरुको दयनीय अवस्था समेत देखिएको छ । सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेको तथ्य र घटनाहरु सार्वजनिक भई सकेका छन् ।

नेपाली कांग्रेसले लामो समय देखि माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको विषय उठाइ रहेको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक वर्तमान सरकार सहकारीबाट पिडित भएका लाखौं नागरिक प्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गर्दछ । यो बैठक नेपाली कांग्रेसले मन्त्री नै संलग्न सहकारी रकम अपचलन अपराधको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनश्चितताको लागि संसदीय समिति गठन गर्न उठाएको मागलाई उचित ठहर गर्दछ । साथै यो बैठक तत्काल संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछ । यस विषयमा सरकार गम्भीर नभएमा संसदको बैठक वा कुनै पनि कामकारवाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने ठहर गर्दछ ।

२  संघीय संसदका समितिहरुमा महत्वपूर्ण विधेयकहरु विचाराधिन रहेका छन् । समितिमा रहेका माननीय सदस्यहरुलाई आफू सम्बन्धित समितिको बैठकमा अनिवार्य रुपले उपस्थित हुन, विधेयक लगायत समितिमा छलफलमा रहेका विषयमा भाग लिन र जिम्मेवार एवं प्रभावकारी रुपले प्रस्तुत हुन यो बैठक निर्णय गर्दछ ।

३   नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त समाज भएको देश हो । यहाँ सदियौं देखि मिलिजुली रहेको हाम्रो समाजमा द्वेष र घृणा फैलाएर गरिने कुनै पनि गतिविधिले हाम्रो समाज, जातजाती बिचको एकता र धार्मिक सद्भावमा खलल पु¥याउने र समाजलाई अराजकता तर्फ धकल्ने गम्भीर खतरा उत्पन्न गर्दछ । यस प्रति हामी सजग हुन जरुरी छ ।

पछिल्लो समय सुनसरीमा नागरिकहरुको बिचमा झडप हुँदा नागरिक र सुरक्षाकर्मीहरु समेत घाइते भई कफ्र्यू लगाउने पर्ने स्थिति निर्माण भएको छ, जसका कारण नागरिकहरुको जनजीवन कष्टर बनेको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गर्न सबैमा यो बैठक हार्दिक अपिल गर्दै घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै घाइतेहरुको उपचार गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।

४  नेपाली कांंग्रेस संसदीयदल कार्यसमितिकोे बैठकले २०८० साल चैत्र २८ गते सम्पन्न हुने राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्य माननीय विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

२७ चैत्र २०८०, मंगलवार १३:०१ मा प्रकाशित
Nabintech