Play

सहकारी पिडित संघका अध्यक्ष स्वास्थ अबस्था गम्भीर, जीबन रक्षा गर्न आयोगको आग्रह

गुरुकुल खबर


काठमाडौं । आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । केसीलाई गत चैत्र १ गते काठमान्डुको भृकुटीमण्डपबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको कुटपिट र यातना संगै थुनामा रहेका केसीले हिराशत भित्र नै आमरण अनशन शुरु गरेका थिए। त्यसपछि उनलाई बिर अस्पतालमा उपचारार्थ लागिएको थियो पक्राउ परेको दुइ दिन पछी हिरासत मुक्त भएका केसीले लगत्तै तिनकुनेमा आमरण अनसन शुरु गरेका हुन् । हाल  उनको स्वासथ्य अवस्था गम्भीर बन्दै गएको आन्दोलनकारीहरुले बताएका छन् ।

‘उहाँको शरीरमा रहेको घाउचोट र आमरण अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले तत्काल उहाँको जीवन रक्षाका लागि आवाज उठाउनु हामी सबैको कर्तव्य भएकाले उहाँको विषयलाई उठान गरिदिनुपर्ने भएको छ,’ एक आन्दोलनकारीले भने ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि केसीको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् । उनले सहकारी बचतकर्ताहरुको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी वचतकर्ताहरुको उठाएका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ता र संवादका माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले विहीबार वार्ताका लागि आन्दोलनरत पक्षलाई सिंहदरबारमा बोलाएको छ ।

८ चैत्र २०८०, बिहीबार १५:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा