Play

सडकमा गुडिरहेको ट्रकमा स्कुटर ठोकिंदा दुई जनाको मृत्यु

गुरुकुल खबर


चितवन, चितवनको भरतपुर महानगरपालिका–१५ मा गएराति सडकमा गुडिरहेको ट्रकमा सोहि दिशातर्फ जाँदै गरेको स्कुटर ठोकिएर भएको दुर्घटनामा परेर दुई जनाको मृतू भएको छ।

भरतपुर महानगरपालिकाको अतिथि पार्टी प्यालेस नजिकै भएको उक्त दुर्घटनमा परेर मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिब गुरुङ रहेको प्रहरीले जनाएको छ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो।  दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएकोमा दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा आज बिहान करिब तिन बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा रहेका चालकमाथि सोधपुछ गर्दै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको बुझिएको छ।

८ असार २०८३, सोमबार ०८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा