Play

पोउबासंघको सामाजिक केन्द्र द्वारा ३ सय २५ बिद्यार्थीलाइ न्यानो कपडा र शैक्षिक सामग्री

गुरुकुल खबर


पोखरा,  पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित सामाजिक विकास केन्द्रले पोखराका १९ वटा सरकारी तथा सामुदायिक विद्यालयमा अध्यरत ३ सय २५ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । तीमध्ये १ सय ८१ जना बालिकाहरु रहेका छन्

केन्द्रले विद्यार्थीहरुलाई स्वीटर सहित स्टेसनरी एवं झोला प्रदान गरेको सामाजिक विकास केन्द्रकी लेखा प्रमुख सरिता ताम्राकारले जानकारी दिइन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमा प्रजापति, पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्र संयोजक राजेन्द्रकुमार लालचन, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कोषाध्यक्ष दीनेश बास्तोला,उपमहासचिव शोभा गौतमलगायतले विद्यार्थीहरुलाई ती सामग्रीहरु हस्तान्तरण गरे।

सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले पढ्न पाउने अधिकारको सुनिश्चितता सहित उनीहरुको आवश्यकता पूर्तिको लागि यस्ता कार्यहरुलाई निरन्तरता दिने बताए ।

सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका परिवारका सदस्य विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वबहन गर्दै ती सामग्री प्रदान गरिएको सामाजिक विकास केन्द्रका संयोजक राजेन्द्रकुमार लालचनले बताए ।

स्टेसनरी तथा न्यानो कपडा वितरण कार्यक्रमकी संयोजक प्रिति पाण्डेले अधिकांश बालबालिकाको आवश्यकता हेरेर नै सहयोग सामग्री प्रदान गरिएको जानकारी गराइन्
सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले शैक्षिक सत्रको सुरुमा पनि १ सय ४२ जना छात्रासहित २ सय ४७ जनालाई शैक्षिक सामग्री सहयोग गरिएको बताए  । उनका अनुसार लायन्स क्लब अफ ब्यूटी र लेकसिटीसँगको सहकार्यमा थप एक सय जना बालबालिकालाई पनि स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

१२ माघ २०८०, शुक्रबार १९:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा