Play

चोरीमा नाबालक ! साइकल सहित नौ बालक प्रहरी नियन्त्रणमा, राष्ट्रबैंक चोकबाट छ जना जुवाडे पक्राउ

गुरुकुल खबर


पोखरा,  पोखरामा केहि समय यता सानो उमेरका बालबालिकाहरु नै चोरीमा संलग्न भएका घटनाहरु सार्बजनिक भैरहेका छन् . कहिले ठुलो बस त कहिले अन्य सवारी साधन चोरेर टाढा टाढा लागेको भन्ने समाचार सार्बजनिक भैरहेको बेला साइकल चोरीमा समेत सानो उमेरका बालकहरुको संलग्नता रहेको भेटिएको छ  ।
पोखराको लेक्साइड लगाएतका क्षेत्रमा विभिन्न व्यक्ति हरुले राखेका साइकलहरु चोरी भएको भन्ने सुचनाको आधारमा प्रहरी ले खोजि गर्दा ९ जना बालकहरु चोरीमा संलग्न भएको देखिएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
साइकल चोरी भएको सूचना पछी वडा प्रहरी कार्यालय बैदामले सादा पोशाक सहितको प्रहरी टोलि परिचालन गरेको थियो, टोलीले विभिन्न स्थानमा   निगरानी गर्दा विभिन्न मितिमा चोरी भएका ९ थान विभिन्न किसिमका साइकल  सहित ९ जना बालकलाई नियन्त्रणमा  लिइएको वडा प्रहरी कार्यालय बैदाम का प्रमुख तथा प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले गुरुकुल खबर लाइ जानकारी दिएका छन्  ।
साईकलसहित नियन्त्रणमा लिईएका नावालकहरुमा पोखरा महानगरपालिका वडा नम्बर ७, ८ र ९ मा वस्ने १५ वर्ष उमेरका ५ जना, १३ वर्ष उमेरका २ जना, १२ वर्ष उमेरका  १ जना र ११ वर्ष उमेरका १ जना रहेका छन् बालक हरु लाइ प्रहरीले पक्राउ गरेपनि आबस्यक सोधपुछ गरि सम्झाई बुझाइ गरेर तिनीहरुको अभिभाबकहरुको जिम्मा लगाइएको समेत डीएसपी श्रेष्ठले जानकारी दिए  ।
पोखराको राष्ट्रबैंक चोकबाट जुवा खेल्ने  ६ जना पक्राउ
पोखरा महानगरपालिका वार्ड नम्बर ७ राष्ट्रबैंक स्थित एक खाजा घरमा बिहिबार बेलुका जुवा तास खेल्दै गरेको अबस्थामा प्रहरीले करिब ४४ हजार रुपैया सहित छ जना लाई पक्राउ गरेको छ
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले समिता आलेले संचालन गरेको समिता खाजा घरमा जुवा तास खेलिरहेको अवस्थामा ६ जना व्यक्तिहरुलाई तास र  ४३ हजार ६ सय ५५ रुपैया नगद  सहित नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदामको  हिरासतमा राखेको जानकारी  वडा प्रहरी  कार्यालय बैदामका प्रमुख तथा प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए
पक्राउ पर्ने हरुमा  बाग्लुङ तमनखोला गाउँपालिका वडा नं. १ घर भई पोखरा ७ राष्ट्रबैकचोक बस्ने वर्ष ४५ की  समिता आले, भारत घर भई हाल पोखरा ७ राष्ट्रबैक चोक बस्ने वर्ष ४५ को रमेश वारिक,  गोरखाको गण्डकी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा ७ मासवार बस्ने वर्ष ४७ को सागर थापा मगर,  पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, पोखरा महानगरपालिका वडा नं ७ बस्ने वर्ष ५२ का सुक बहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका वडा नं. ७ घर भई  पोखरा महनागरपालिका वडा नं. ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट कानुनवमोजिम जुवा सम्वन्धी कसुरमा शुक्रबार म्याद थप गरी अकारबाही गर्ने तयारी भैरहेको समेत श्रेष्ठले जानकारी दिएका छन्

११ माघ २०८०, बिहीबार २२:५४ मा प्रकाशित
Nabintech