Play

गठबन्धन नगरिकनै  चुनाब जित्न सक्ने पार्टी बनाउनुस, म खुसि हुन्छु- सभापति देउवा

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान संबिधानको व्यवस्था अनुसार चुनाब हुँदा कुनै पनि पार्टीले बहुमत ल्याउने अबस्था नरहेको बताउदै गठबन्धन विना चुनाव जित्ने अवस्था बनाउन आबस्यक रहेको बताएका छन्।

पोखरामा नेपाली कांगेस कास्कीको जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै देउबाले भने-“नेपालको संविधान अनुसार कुनैपनि पार्टीले बहुमत ल्याउने अवस्था छैन,  बहुमत नहुने भएपछि कोही न कोहीसँग गठबन्धन गर्नैपर्ने हुन्छ”

कार्यक्रममा बोल्ने बक्ता तथा काँग्रेसका नेता कार्यकर्ताहरुले गठबन्धनका कारण पार्टी बिग्रिएको बताएपछि देउबाले गठबन्धन बिना  पार्टीलाई बलियो बनाउन अरु नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

यसै सन्दर्भमा उनले भने, ‘गठबन्धन नगरिकनै  चुनाब  जित्ने पार्टी बनाउनुस् न, गठबन्धन नगरी पार्टी बलियो बनाउनुस् न । म पनि खुसी हुँला नि गठबन्धन नभए । तर गर्ने के ? पार्टीले जित्नुपर्यो नि । सत्तामा ल्याउनुपर्यो नि । एक पटक सत्ता गयो, शेरबहादुरले बिगार्‍यो भन्नुभयो, मैले फेरि ल्याएँ । चुनाव लड्ने सत्ताकै लागि हो ।’

संसारभर नै सत्ताका लागि मारामार भएको कुराको चर्चा गर्दै सभापति देउवाले सत्ता सबैलाई आवश्यक पर्ने र सत्ताका लागि नै चुनाव जित्नुपर्ने कुरामा जोड दिए । ‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ,’ देउवाको भनाइ थियो ।

देउवाले सबैभन्दा ठूलो शक्ति जनता भएकाले जनसेवामा खटिन सबैलाई आग्रह गरे , जसले जनताको सेवा गर्छ, जो जनप्रिय हुन्छ त्यो मात्रै अगाडि जाने हो । जनता हो मालिक यो देशको,’ उनले भने, ‘जनतामा जानुस्, यहाँ कसैलाई विरोध गरेर कोही ठूलो हुँदैन ।’

देउवाले कांग्रेस मास बेस्ड पार्टी नै भएकोले सदस्यता लगायत विषयमा भएको विवाद समाधान गर्ने प्रतिबद्धता पनि जनाए। ‘पार्टी कस्तो बनाउने भन्ने कुरा यहाँ बहस गरेर हुने होइन । कांग्रेस मास बेस्ड पार्टी नै हो । हाम्रो दुई खाले सदस्यता छ । हामीले सुरुमै एउटै सदस्यता दिनुपर्ने हो, यसबारेमा महासमिति बैठकमा हामीले छलफल गरेर निर्णयमा पुग्नुपर्छ ,  सभापति देउवाको भनाइ थियो

अर्को प्रसंगमा सभापति देउवाले अहिले सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले नेपालमा सहकारी सुरू गरेको भन्दै उनले कांग्रेसको पक्षमा सहकारी ल्याउनुपर्ने बताए। ‘सहकारी हामीले सुरू गरेका हौं, फेरि हाम्रो पक्षमा ल्याउनुपर्‍यो,’ उनले भने, ‘सहकारीमा देखिएका समस्या समाधान गरेर ठीक ठाउँमा ल्याउनुपर्छ।’

पोखरा पर्यटकीय राजधानी भएकाले यसलाई अझै राम्रो बनाउनुपर्ने र ताल तलैया जोगाउनुपर्ने उनले बताए। ‘पोखरा पर्यटकीय राजधानी हो, पोखराको भविष्य राम्रो छ,’ उनले भने, ‘यहाँको तलाउ हेर्न मान्छे आउँछन्, त्यसकारण पनि तलाउहरू बचाउनुपर्छ।’

पोखरा एयरपोर्टबाट अन्तराष्ट्रिय उडान हुन नसकेको कुरा प्रति लक्षित गर्दै देउवाले पोखरा एयरपोर्ट नेपालको आन्तरिक हिसावले नै चलाउन र नेपाली आन्तरिक जहाज उडाउन आबश्यक रहेको बताए। विदेशी जहाज पोखरा आउन सक्दैन भन्छन्,’ उनले भने- तर पनि पोखरा पर्यटनको राजधानी नै हो । नेपालमा फेरि विदेशी पर्यटकको संख्या बढेको छ, पोखराको भविष्य राम्रो छ ।

संविधानमा उल्लेखित समावेशी समानुपातिक प्रणाली विश्वमै नभएको दाबी गर्दै उनले राज्यमा सबैको प्रतिनिधित्व आवश्यक रहेको बताए। ‘नेपाल सबैको देश हो हेर्नुस्, दलितको देश हो, जनजातिको देश हो, क्षेत्री बाहुनको देश हो,’ उनले भने, ‘सबैको देश भएकाले सबैको सहभागिता राम्रो छ।’

नेपाली काँग्रेसका पूर्व महामन्त्री एबम केन्द्रीय सदस्य डा शशांक कोइरालाले राज्य सहित पार्टी संरचनामा महिलाहरुलाई ३३ प्रतिशत भन्दा बढी सहभागी गराउन सके राम्रो हुने बताउदै नेपाललाइ धर्म निरपेक्ष नभई सापेक्ष बनाउन जरुरी रहेको कुरामा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका  सह महामन्त्री जीबन परियार , केन्द्रीय सदस्य एब गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, अर्का केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका उर्जा मन्त्री सरस्वति अर्याल तिवारी, केन्द्रीय सदस्यहरु प्रदिप पौडेल, गोविन्द भट्टराई, गुरु बराल, शारदा पौडेल र उर्मिला थपलिया लगायतले काँग्रेसको संगठन बलियो बनाउन सबै सक्रिय हुनुपर्ने कुरामा जोड दिएका थिए ।

यसै गरि गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की काँग्रेसका पूर्व सभापति एब पूर्व मन्त्री यज्ञ बहादुर थापा, गण्डकी प्रदेशका मन्त्री दिपेन्द्र बहादुर थापा, सांसदहरु बिन्दु कुमार थापा, सरस्वती गुरुङ र प्रकाश बराल, कास्की काँग्रेसका उपसभापति युबराज कुँवर, सदस्य सुदिपमोहन भट्टराई, सचिब भानु ढकाल र देबेन्द्र रानाभाट, सहसचिब शंकर ढुंगाना, क्षेत्रिय सभापति मनोज गुरुङ, तरुण दलका कास्की जिल्ला उपसभापति दीपक गुरुङ, दिनेश आचार्य, दिवसमान प्रधानांग र जिल्ला सभापति किशोर बराल लगाएतले  पनि कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

 

९ माघ २०८०, मंगलवार २२:०५ मा प्रकाशित
Nabintech