Play

आहा ! रारा पोखरा गोल्डकपमा १२ टिम भिड्ने, दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउने

गुरुकुल खबर


पोखरा, २३ औं आहा ! रारा पोखरा गोल्डकपमा १२ टिम भिड्ने भएका छन् । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ देखि २० सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा १२ टिम भिड्ने टुङ्गो लागेको हो ।

बिहिबार क्लवले एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिंदै भारतिय घरेलु फुटबल लिग आइलिगको सन २०२३/२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लव पारो भुटान एफसीको सहभागिता रहने क्लवले जनाएको छ ।

दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् । उनीहरुको सहभागिताले आहा ! रारा पोखरा गोल्डकपको उचाई थपिएको क्लवले जनाएको छ ।

यसै गरी आयोजक सहारा क्लवसहित नेपालका ‘ए’ डिभिजनका क्लवहरु संकटा यूथ क्लव, चर्च ब्वाइज क्लव, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लवको रुपमा रहेको मनाङ मर्स्याङदी क्लव, जावलाखेल यूथ क्लव र थ्रि स्टारको सहभागिता हुने छ भने विभागिय क्लव नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र एपिएफ क्लवसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लवको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ उक्त प्रतियोगिता नेपालकै इतिहास बोकेको प्रतियोगिता समेत हो । प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको छ ।

२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा स्थापित छ। । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।

एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यो प्रतियोगिता रहेको हुँदा सम्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेको क्लवले जनाएको छ ।

२८ पुष २०८०, शनिबार २२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा