Play

पोखराका प्रतिष्ठित उद्योगी चन्द्रकृष्णलाइ पत्नी शोक, माइकललाइ मातृ शोक

गुरुकुल खबर


पोखरा,  पोखराका प्रतिष्ठित उद्योगी तथा ब्यबसायी चन्द्रकृष्ण कर्माचार्यलाइ पत्नी शोक परेको छ ।, कर्माचार्यकी पत्नी लक्ष्मी सुन्दरी कर्माचार्यको सत्तरी वर्षको उमेरमा मंगलबार भारतमा उपचारको क्रममा निधन भएको हो ।

मृगौलाको समस्याको कारण लामो समय देखि पिडित कर्माचार्यको पछिल्लो समय भारतको मेदान्त अस्पतालमा उपचार भैरहेको थियो तर उपचारकै क्रममा ह्रदयाघातका कारण उनको निधन भएको परिबारजनले जानकारी दिएको छन् ।

स्वर्गीय कर्माचार्यका छोरा माइकल कर्माचार्यका अनुसार बुवा चन्द्रकृष्ण कर्माचार्य, भाइ बिक्रम कर्माचार्य सहित परिवारक सदस्यहरु समेत बिहिबार बेलुका सम्म पोखरा आइपुग्ने र शुक्रबार अन्तेस्टी गरिने भएको छ

कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य लेखनाथ उद्योग बाणिज्य संघको पुर्ब अध्यक्ष साथै नेपाल उद्योग बाणिज्य संघको पूर्व सदस्य पनि हुन , चन्द्रकृष्ण कर्माचार्य नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतन्त्रबादी उद्योगी ब्यबसायो संघको गण्डकी प्रदेशको अध्यक्ष पनि रहेका छन् । चन्द्रकृष्ण कर्माचार्य पोखराको औद्योगिक घराना कर्माचार्य हाउस, पोखराका निर्देशक समेत हुन्

स्वर्गीय कर्माचार्यका एक मात्र छोरा माइकल कर्माचार्य पनि पोखराको युवा ब्यबसायीको रुपमा परिचित छन् उनि नेपाली काँग्रेस कास्कीको कोषाध्यक्ष पनि हुन् भने दुइ छोरीहरु नितु र रेखा कर्माचार्य रहेका छन् ।

२६ पुष २०८०, बिहीबार १५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा