Play

एन प्याव्सन कास्कीको प्रथम वृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

गुरुकुल खबर


पोखरा, नेशनल प्याव्सन कास्कीको आयोजनामा प्रथम वृहत बाल प्रतिभा पहिचान महोत्सव–२०८० शुरु भएको छ ।

शिक्षाका राष्ट्रिय तथा तहगत उद्देश्यहरु प्राप्तिका लागि निरन्तर सक्रिय एन प्याव्सनले यसवर्षनेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचानभन्ने मूल नारालाई आत्मसात गर्दै विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्घेश्यले पुस ०६ गते देखि ०८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको हो ।

बृहत बाल प्रतिभा पहिचान महोत्सवबाट विद्यर्थीभित्र रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन एवम् विकास गर्ने, विशेषगरी विद्यार्थीलाई सामग्रीकेन्द्रित शिक्षणपद्धति अपनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने र यही व्रmमलाई निरन्तरता दिँदै राष्ट्रले खोजेको जनशक्ति उत्पादन गरी बढ्दो बेरोजगारीको समस्या हल गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सवमा लोक संस्कृतिको संरक्षण एवम् संवद्र्धनको लागि लोकनृत्य प्रतियोगिता र एकल गायन प्रतियोगित साथै बिज्ञान, प्रविधिको आवश्यकता र महत्वलाई आत्मसात गर्दै आविशकार तथा अपसाइक्लिङ÷रिसाईक्लिङ प्रतियोगिता र त्यसैगरि हाम्रा मौलिक परम्परागत हस्तकलाबाट निर्मित सामग्रीहरुको संरक्षण र सम्बद्र्धन गर्दै ब्यवसायिकीकरणमा टेवा पु¥याउने उद्धेश्यले हस्तकलाबाट निर्माण गरिएका सामग्रीहरुको प्रतियोगितात्मक प्रदर्शनी समेत रहेकाले सो सम्बन्धि ज्ञान हासिल गरि आत्मनिर्भरतामा यो कार्यक्रमले जोडदिने विश्वास लिइएको छ । हाम्रो समाजमा लोप हुन गइरहेका पारम्पारिक वस्तु जस्तैः पराल, चोया र पात बाट बन्ने सामग्रीको प्रदर्शनी समेत रहेको छ ।

नेपालको शैक्षिक विकासका लागि निजी क्षेत्रबाट लगानी गरी निरन्तर रूपमा विद्यार्थी, शिक्षक, अभिभावक एवम् सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरूमा आफ्नो अत्यन्त सकारात्मक प्रभाव छाड्न सफल राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल अन्तर्गत रहेको नेसनल प्याब्सन कास्कीले प्रत्येक वर्ष शैक्षिक तथा खेलकुद महोत्वस गर्दै आएको छ ।

प्रदर्शनीमा नेसनल प्याब्सान कास्की अन्तर्गतका ४७ वटै विद्यालयहरुको सहभागीता रहने तथा करीब एक लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान रहेको छ ।कार्यक्रमम सम्पन्न गर्नका लागि १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । महोत्वसमा विभिन्न विधिमा एन प्याव्सनमा आवद्ध विद्यालयका १ हजार ६ सय विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले विद्यार्थीलाई सिकाइको थलो बनाउने काम एन प्याव्सनले गरेको बताए । उनले संस्कार र संस्कृति सहित समाजमा टिक्ने र विक्ने शिक्षा दिने काम महोत्सव बाट हुने विश्वास व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले महोत्सव वालवालिक केन्द्रीत कार्यक्रम भएको उल्लेख गरे ।

शिक्षा महाशाखा पोखरा महानगर पालिकाका प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने काम महोत्सवले गरेको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, केदारेश्वर महादेवमणि सेवा आश्रम समिति वैदिक गुरुकुल आश्रमका पिठाधिश स्वामी चिद्धन चैतन्य डा.लेखनाथ आचार्य, एन प्याव्सन गण्डकी प्रदेशकाक अध्यक्ष रामबहादुर मोची,हिसान कास्कीका अध्यक्ष याम रोका, एन प्याव्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ र सचिव प्रेमराज अधिकारीले बोलेका थिए ।

 

७ पुष २०८०, शनिबार १३:२९ मा प्रकाशित
Nabintech