Play

ट्याक्टर दुर्घटनामा परी रुकुममा पाँच जनाको निधन

गुरुकुल खबर


पोखरा, रुकुममा ट्याक्टर दुर्घटनामा परी पाँच जनाको निधन भएको छ । रुकुम पश्चिममा भएको यो घटना मा परी अन्य नौ जना घाइते भएका छन् ।

घटना अनुसार आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले उल्लेख गरेका छन् ।

त्यस्तै आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।

घाइते हुनेमा आठबिसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबिसकोट– ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।

ट्याक्टर चालक आठबिसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।

 

५ पुष २०८०, बिहीबार ०७:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा