Play

बिन्द्याबासिनी माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन, पौडेल तेश्रो पटक अध्यक्ष

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरस्थित बिन्द्याबासिनी माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन भएको छ। बिद्यालय प्रांगणमा शनिबार आयोजित शिक्षक तथा अभिभावकहरुको भेलाले भीमप्रसाद पौडेलको अध्यक्षतामा  मावि बाटुलेचौर शिक्षक अभिभावक संघ गठन गरेको हो । यसपटक संगै पौडेल पटक-पटक गरेर तीन पटक अध्यक्ष बनेका छन् ।

उक्त समितिका अन्य सदस्यहरुमा अञ्जना तिमिल्सिना, मनोहरि आचार्य, सृष्टि पुन, देवी पुरी, रुपा नेपाली, मिना पौडेल र शोभा पौडेल रहेका छन्।  सोही भेलाले बिद्यालय संचालनमा सहयोग गर्न बिभिन्न उपसमितिहरु पनि बनाएको छ।  भेलाले सरिता अधिकारीको संयोजकत्वमा स्वास्थ्य तथा मानोपरामर्श उपसमिति, रमेश त्रिपाठीको संयोजकत्वमा खाजा ब्यबस्थापन उपसमिति, बिष्णु अर्यालको संयोजकत्वमा निर्माण उपसमिति र रमा आचार्यको संयोजकत्वमा खरीद तथा लिलाम उपसमिति गठन गरेको छ।

त्यस्तै सोही भेलाले जयलाल भट्टराईको संयोजकत्वमा तारा अधिकारी र लोकनाथ शर्मा भट्टराई सदस्य रहेको  गुणस्तर तथा योजना तर्जुमा उपसमिति गठन गरेको विद्यालयका प्राचार्य/प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले जानकारी दिए।

कार्यक्रमको अन्त्यमा अध्यक्षका प्रत्यासी डिल्लीराम पौडेलले पुन: अध्यक्ष चुनिएका पौडेललाई बधाई दिदै आफु आगामी दिनहरुमा पनि सहयोगी भएर लाग्ने बचन दिएका थिए।

पोखरा १६ का वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिना र वडा सदस्य मन्जु नेपालीले नवगठित शिक्षक अभिभावक संघले बिद्यालयको उत्तरोत्तर प्रगतिका लागि निरन्तर लागि रहने बिश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

सोही अवसरमा वडाध्यक्ष तिमिल्सिनाले बिद्यालयको शिक्षामा गुणस्तर बृद्ध गर्न र भौतिक उन्नतिका लागि बिन्द्याबासिनी मावि र चण्डिका प्राथमिक बिद्यालयलाई समायोजन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका थिए।  उनले दुई वटा बिद्यालय समायोजन भए पछी मात्र लगत्तै बिद्यालय ब्यबस्थापन समितिले पूर्णता पाउने जानकारी दिए।

स्मरण रहोस, वडा कार्यालयबाट शिफारिश आउनु पर्ने सदयाहरुको नाम उपलब्ध हुन नसक्दा बिगत एक वर्षदेखि बिन्द्याबासिनी मावि बाटुलेचौरमा  बिद्यालय ब्यबस्थापन समितिले पूर्णता पाउन सकिरहेको छैन।

१ पुष २०८०, आईतवार २०:१२ मा प्रकाशित
Nabintech