Play

मनसुबा गुरुडंको ८३ औं जन्मोत्सव, पोखराको बात्सायन वृद्धाश्रमलाई सहयोग

गुरुकुल खबर


पोखरा । समाजसेवी एवम् जेष्ठ नागरिक मनसुबा गुरुङले आफ्नो ८३ औं जन्मोत्सवको अवसरमा वात्सायन वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग प्रदान गरेका छन् । जाडो मौसम सुरुभएसंगै बढेको चिसोमा केही राहत पुगोस् भनि पोखरा १४ बाच्छेबुढुवामा रहेको वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरेका हुन् ।

पाउदुर काउले, विजयपुर भाई खलक पोखरा र नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको समन्वयनमा सम्पन्न कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधराज कार्की र पाउदुर काउले विजयपुर भाई खलक पोखराका अध्यक्ष कप्तान विर्तसिंह गुरुङले सामाजिक संस्था वा व्यक्तिलाई गरिने सहयोग र दानले आत्मसन्तुष्टि बढाउने बताउँदै प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा धेरै थोरै सहयोग तथा दान गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका अध्यक्ष एवम् सहयोगदाता मनसुबा गुरुङका छोरा आशबहादुर गुरुङले गाँस बास र कपास हरेक नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै थोरै भएपनि आश्रममा रहेका जेष्ठ नागरिकलाई सहयोग गर्न पाउनु अहोभाग्य भएको बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सीता गुरुङ, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका उपाध्यक्ष चन्द्रप्रकाश थापा, नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ कास्कीका सचिव एवं गुरुकुल खवरकी सम्पादक रीता गुरुडं, पोखरा नगर अध्यक्ष वीरबहादुर गुरुङ, भूमी आयोग कास्कीका सदस्य उमा थापा, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ क्षेत्र नं २ कास्कीका उपाध्यक्ष बुद्धि पुन, नेपाल साँस्कृतिक संघका केन्द्रिय सदस्य कृष्णबहादुर गुरुङ, पाउदुर काउले, विजयपुर भाई खलक पोखराका चेलीबेटी समुहका अध्यक्ष पूर्णकुमारी गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रममा सहयोगी मनहरुले स्वेच्छिक रुपमा आर्थिक सहयोग गरेका थिए ।

वात्सायन वृद्धाश्रमका अध्यक्ष ललितबहादुर बाँनियाका अुनसार सो अवसरमा ४० हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको थियो । अध्यक्ष बाँनियाले आमा मनसुबा गुरुङको सुस्वास्थ्य एवम् दिर्घायूको कामना सहित नगद तथा जिन्सी सहयोगका लागि आभार व्यक्त गरे । यसैगरी खाद्यान्य सहयोग गर्ने पाउदुर काउले, विजयपुर भाई खलक पोखराका चेलीबेटी समुहका साथै व्यक्तिगत रुपमा आश्रमकालागि आर्थिक सहयोग दिने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

२०६७ सालमा स्थापना भएको हाल ९ महिला र ८ पुरुष गरी जम्मा १७ जना वृद्धवृद्धा आश्रित छन् । विभिन्न अवसर पारेर प्रदान गरिने सहयोगहरुले वृद्धाश्रम संचालनमा सहज भईरहेको आश्रमका अध्यक्ष ललितबहादुर बाँनियाले जानकारी दिए ।

२९ मंसिर २०८०, शुक्रबार २२:०३ मा प्रकाशित
Nabintech