Play

आदिबासी जनजाति महासंघ कास्की क्षेत्र २ का अध्यक्ष गुरुङलाई पितृशोक

गुरुकुल खबर


 

पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ क्षेत्र नं २ कास्कीका अध्यक्ष अजय गुरुङलाई पितृशोक परेको छ । गुरुङका ८८ वर्षिय बुबा पसबहादुर गुरुङको बुधबार बिहान दीपस्थित आफ्नै निवासमा निधन भएको हो ।

नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि एवम् नेपाल किसान संघ कास्कीका सदस्य समेत रहेका अजयका बुबा स्व.पसबहादुरको गुरुङ संस्कार अनुसार बुधबार पोखरा १६ दीपमा अन्त्येष्टि गरिएको छ । सामाजिक एवम् राजनीतिक व्यक्तित्वका रुपमा परिचित स्व.गुरुङ दीप तमू समाजका पूर्व अध्यक्ष समेत हुन् ।

स्व.गुरुङका अजय सहित तीन छोरी, तीन छोरा र श्रीमती रहेका छन् । माईला छोरा भेष गुरुङ तमू साँस्कृतिक प्रतिष्ठान कास्कीका सहसचिवका साथै हेरालो प्रतिष्ठानका सदस्य सचिव हुन् ।

यसैबीच स्व.गुरुङको अमर आत्माको चीर शान्तिको कामना गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य सीता गुरुङ, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङ,सल्लाहकारद्धय राधाकृष्ण गुरुङ र खम्बासिंह गुरुङ, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेत, तमू साँस्कृतिक प्रतिष्ठान कास्कीका अध्यक्ष चित्रबहादुर गुरुङ, हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष झम गुरुङ लगायतले पार्थिव शरीरमा पुष्प अर्पण सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

२७ मंसिर २०८०, बुधबार २१:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा