Play

आइटीएफमा दोश्रो सर्किटका खेल जारी

गुरुकुल खबर


पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ पहिलो चरणको खेल जारी छ । डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ ।

बुधबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३,६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२,६–२ ले, भातरका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१,७–६ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ नेपालका आयुषमान हजुर घले र भारतका एस पञ्चासरीले भारतका हायाग्रिव अथ्रिया र इशान्त पटराको जोडीलाई ६–२,६–३ ले, भारतका दक्ष कुक्रेटी र अर्नव यादवको जोडीले नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४,६–२ ले पराजित गरे ।

गल्स सिंगलतर्फ जापानकी उता असाकुराले भारतका दिविजा मण्डेनीलाई ७–५,६–० ले, भारतका इशि महेश्वरीले भारतकै सेरी समालाई ६–४,२–६ र ६–२ ले, नेपालका सुनिरा थापाले भारतका सगुन कुमारी सगुनलाई ७–५,५–७ र ७–६ ले, भारतकी रिदी सिण्डेले भारतकै एन्जल पटेललाई ३–६,७–६ र ६–३ ले, थाइल्याडकी पिच छायापक श्रीमुकले भारतका राधा सध्रालाई ७–६,६–४ ले पराजित गरिन् । गल्स डबल्सतर्फ भारतका सिम्रन बण्डेला र अन्वि पुनागाण्टीको जोडीले नेपालका प्रशंसा मोक्तान र थाइल्याण्डकी पिच छायापक श्रीमुकलाई पराजित गर्दै अगाडी बढेका छन् ।

२० मंसिर २०८०, बुधबार ११:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा