Play

माइतीघर वरपर निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

गुरुकुल खबर


पोखरा, काठमाडौंको माइतीघर मण्डला वरपर निषेधित क्षेत्र घोषणा गरिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको थियो ।

अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दर्ता गरेका हुन् । उनका अनुसार बुधबारका लागि पेशी तोकिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर माइतीघर–नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख गरेको थियो।

नेकपा (एमाले) को भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा मंसिर ७ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए ।

५ मंसिर २०८०, मंगलवार १५:०५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा