Play

सेन्ट्रल गार्डनको कौसी खेती तथा बिउ बिज सहयोग

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले पार्वती टोल पोखरा बसपार्कमा एकदिने कौसी खेती तालिम तथा बिउ बिज सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

तालिमको क्लबका संस्थापक अध्यक्ष हरि भाटले उद्घाटन गर्दै क्लबले यो वर्ष महिला दिदीबहिनी लक्षित कार्यक्रमलाई अगाडि बढाएकोमा सोही अनुरूप महिला लक्षित कार्यक्रम आयोजना गरिएको बताए ।

कृषि विज्ञ सञ्जिपबहादुर बरालले सहजीकरण गर्दै बजारको महंगीबाट परेको असरलाई थोरै भए पनि न्यूनीकरण गर्न कौसी खेती एउटा सहयोगी माध्यम भएको बताए । उनले कौसीखेतीका नाममा घरको कौसी नै मास्ने तरिकाले नभई विधि र प्रविधिको सही उपयोग गरेर खेती गर्न समेत सुझाव दिए ।

तालिममा सहभागी सम्पूर्णलाई साग, सिमी, बोडीलगायतका बिउ बिजन सहयोग गर्नुका साथै बिरुवा उत्पादन गर्ने, रोप्ने र रोग लागेमा उपचार विधिसमेत सिकाइएको थियो । कार्यक्रममा पार्वती टोल विकास संस्थाका अध्यक्षि भिमबहादुर पुनले संस्थाले निकै उपयोगी र समय सापेक्ष कार्यक्रम टोलमा ल्याइदिएकोमा आभार व्यक्त गरे ।

कार्यक्रम संयोजक लेखमाया थापाले तालिम निकै प्रभावकारी भएको र क्लबबाट प्राप्त सहयोग बिउ बिजको नर्सरीदेखि उत्पादनमा कुनै समस्या आइपरे पुनः सहयोग गर्नसमेत आग्रह गरिन् ।

लायन वर्ष २०२३/२४ का अध्यक्ष तुल रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष असफल गौतमको स्वागत र पूर्व अध्यक्ष कृष्ण रानाभाटको सञ्चालन रहेको थियो ।

२३ आश्विन २०८०, मंगलवार १३:५३ मा प्रकाशित
Nabintech