Play

जिसस कास्की प्रमुख पौडेलद्वारा मापदण्ड नपुगेका  बालगृहहरूलाइ कानुनी दायरामा आउन निर्देशन

गुरुकुल खबर


पोखरा,  जिल्ला समन्वय समिति कास्कीले   बालगृहहरूसंग बार्षिक  समिक्षा सहित अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार कास्कीका विभिन्न गैर सरकारी संस्थाहरूद्वारा संचालित बालगृहको अबस्था संचालित परियोजनाको बार्षिक समिक्षा सहित कठिनाइ र निराकरणका उपाय सम्बन्धमा अन्तर्क्रीया गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले  यशअघि आफुहरूले बालगृहहरूको स्थलगत अनुगमन गरेको र सो क्रममा देखिएका कमिकमजोरी सुधारका प्रदान गरेका सुझाव कार्यान्वयनको निम्ति ध्यानाकर्षण गराउदै  पूर्ण कार्यन्वयन गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

पौडेलले कास्कीका अधिकाम्स बाल गृह थप बाल मैत्री हुनुपर्नेमा जोड दिदै मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिए। कास्कीका कतिपय बालगृह  न्युनतम पूर्बाधार बिनै  संचालन भएको पाइएको भन्दै  उनले निश्चित समयावधि दिएर सुधार गर्न आग्रह गरीने र  निर्देशन  पालना नभएको पाइएमा कडा कारबाही हुने बताए ।

कार्यक्रममा  प्रदेश बाल अधिकार परिषदका  समन्वय अधिकारी बद्री वाग्ले , गैरसरकारी संस्था महा संघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी , गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष  गोपाल खड्का ,
गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा ,जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत नवराज बराल , लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा  थ्री एन्जल्स नेपाल , अन्नपूर्ण एसोसिएसन नेपाल ,असहाय बाल उपकार संघ ,हेप्पी होम ,लिटल बेल्स प्रतिज्ञा भुमि ,स्टार चिल्ड्रेन  ,ॐ शिव शक्ति कल्याणी होम ,कोपिला बालगृह ,हिमालय लाइफ नेपाल ,बालहितकारी परियोजना नेपाल ,सृजना बालगृह लगायतका करिब २ दर्जन बालगृह  संचालक संस्थाहरूले  बार्षिक  समिक्षा  प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए ।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा  स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले  गरेका थिए ।

१९ आश्विन २०८०, शुक्रबार १५:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा