Play

पोखराबाट सुर्खेत जाँदै गरेको बस लमहीमा दुर्घटना, बस पुलबाट खस्दा १४ यात्रु घाइते

गुरुकुल खबर


पोखरा, पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित लमहीमा सोमबार विहान दुर्घटनामा परेको छ । घटनामा परी १४ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य दुइ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा बस दुर्घटनामा परेको र सडकबाट बस १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई पक्राउ गरेको छ । बस लमही नगरपालिका–४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर दुर्घटना भएको हो ।

Pictures:Routine News of Lamahi

१५ आश्विन २०८०, सोमबार १३:३९ मा प्रकाशित
Nabintech