Play

समग्र महिला बचत तथा ऋण सहकारीको चौंथो साधारण सभा एवं दोश्रो अधिवेशन सम्पन्न

सबिना अधिकारी क्षेत्री पुनः अध्यक्षमा निर्विरोध चयन


गुरुकुल खबर


पोखरा, समग्र महिला बचत तथा ऋण सहकारीको चौथो साधारण सभा एवं दोश्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पोखरा महानगरस्तरीय सहकारी समितिका अध्यक्ष रबिरमण तिवारीले सहकारीले आफ्ना सदस्यको हित अनुकूल पारदर्शी ढंगले गतिविधिहरु अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक बास्तोला,  वडा १४ का जनप्रतिनिधी एवं उक्त सहकारीका संस्थापक सचिव तनुजा थापा, शुभ सौगात साकोसका अध्यक्ष ललित बहादुर बानिया, चन्डीकालिका महिला सहकारी सघंका अध्यक्ष दिल कुमारी जिसी, मझेरी सहकारी साकोसका सचिव शिवराज कडेल, लेखा समितीका संयोजक बिजय सुबेदी, निर्वाचन समितीका संयोजक, सन्चालक समितीका पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न उप समितीका संयोजक एवं सदस्यहरु, संस्थाका व्यवस्थापक धर्मराज केसी, कर्मचारीको रुपमा क्रियाशील सबैप्रति संस्थाका तर्फबाट अध्यक्ष सविना अधिकारी क्षेत्रीले आभार प्रकट गरिन् ।

सो अवसरमा सहकारीका तर्फबाट विभिन्न विधामा केही व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट आवधिक बचत कर्ता सरस्वती कार्की, उत्कृष्ट बचत कर्ता गिता कार्की, असल ऋणी गौ माया गुरुङ, असल खुत्रुके बचतकर्ता लक्ष्मी के सी, उत्कृष्ट कृषकमा शिव राना भाट, सेयर सदस्य का छोरा छोरी-  दश जोड २ मा उत्कृष्ट अंक ल्याउने मध्ये छात्राबाट मेनुका गुरुङ र छात्रबाट चिरन शाही रहेका छन् ।

अधिवेशनबाट नयाँ समिति चयन

संस्थाको दोश्रो अधिवेशनबाट दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा सबिना अधिकारी क्षेत्री नै निर्विरिोध निर्वाचित भएकी छन् ।

आफूलाई निर्विरोध निर्वाचित गरिदिएकोमा उनले सम्वन्धित सबैप्रति हार्दिक आभार प्रकट गरिन् । उनले भनिन्, ‘दोश्रो कार्यकालका लागि अध्यक्ष बनाएर जुन जिम्मेवारी दिनुभएको छ अत्यन्त खुशीसँगै चुनौती समेत थपिएको महशुश भएको छ । तर पनि संस्थालाई अगाड़ी बढाउनका लागि सबैखाले चुनौती पार गर्दै सबै शेयर सदस्यहरु र सरोकारवालाहरुसँग सहकार्य गरी संस्थालाई थप उन्नति र प्रगतीको बाटोमा अगाड़ी बढाउन सबैखाले पहल गर्न निरन्तर प्रयत्नशील रहने विश्वास तपाईहरु समक्ष दिलाउन चाहान्छु ।’

यसैगरी संस्थाको उपाध्यक्षमा कल्पना भन्डारी, कोषाध्यक्षमा लिला क्षेत्री, सचिवमा इन्दु अधिकारी निर्वाचित भएका छन् । सदस्यको रुपमा सरस्वती कार्की, सर्मिला अधिकारी, पवित्र चापागाइँ, इश्वरी रानाभाट, पवित्र तिमिल्सेना छानिएका छन् । लेखामा भने विजय सुबेदी, विना केसी र शोभा अधिकारी रहेका छन् ।

१२ आश्विन २०८०, शुक्रबार १६:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा