Play

शान्ति समाज पोखराको २९औं वार्षिकोत्सव सम्पन्न

गुरुकुल खबर


पोखरा। शान्ति समाज रामघाट-१०पोखराले एक कार्यक्रमका बीच आफ्नो २९औं स्थापना दिवस तथा वार्षिकोत्सव मनाएको छ ।

स्याङजा, कास्की र पर्वत जिल्लाका विभिन्न क्षेत्रबाट पोखरा महानगरपालिकामा बसाई सराई गरी आएकाहरु आबद्ध संस्था शान्ति समाजले केही दिन अघि आफ्नो २९औं स्थापना दिवस तथा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको उदघाटन गर्दै समाजका वरिष्ठ सल्लाहकार एवम् अग्रज व्यक्तित्व क्या.कुमानसिंह गुरुङले जन्मथलो छाडी शहर बसाई सराई गरी आएपछि आईपर्ने सामाजिक र साँस्कृतिक समस्याहरुलाई सहज रुपमा समाधान गर्न शान्ति समाजको स्थापना गरिएको बताए ।

वि.स.२०५१ सालमा स्थापित समाजले विभ्न्नि आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आईपुगेको स्मरण गर्दै क्या. गुरुङले समाजको प्रगति र स्थायित्वका लागि सबै एक भएर जानु पर्ने सुझाव दिए ।

समाजका निवर्तमान अध्यक्ष जितबहादुर गुरुङले समाजले स्थापनाकालदेखि नै समाजमा आवद्ध सदस्यहरुका सामाजिक हितका लागि कार्य गर्दै आईरहेको स्मरण गराउँदै समाजका सदस्यहरुको परिवारमा आईपर्ने दुःख–सुखमा सहभागि भई एउटै परिवारको अनुभुति दिलाउन सफल भएको दावी गरे ।

समाजका अध्यक्ष डब्लुओटु पितमबहादुर गुरुङले विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित समाजलाई हातेमालो गरी आपसी सहयोग, सदभाव र मेलमिलापबाट अगाढि बढाउनु पर्ने आवश्यकता औल्याए । उनले भने ‘समाजलाई यसरी नै गोलबद्ध गरी अझ प्रगतिका साथ अगाढि बढाउनु हुनेछ भन्नेमा पूर्ण विश्वास्त छु ।’

प्रथम उपाध्यक्ष लोकबहादुर गुरुङले अग्रहहरुको मेहनतले समाज आज यो अवस्थामा आईपुगेको बताउँदै समाजलाई उचाईमा पुर्याउन सबैको सहयोगको आवश्यकता औल्याए ।

कार्यक्रममा एसईई पास गरेका समाजका सदस्यका छोराहरु रोहन गुरुङ, जिनस गुरुङ र अविरल गुरुङलाई सम्मान गरिएको थियो ।

यसैगरी कार्यक्रममा समाजलाई आर्थिक तथा जिन्सि सहयोग पुर्याएका समाजका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सचिव कृष्णप्रसाद गुरुङले वार्षिक प्रगति प्रतिवेदन र कोषध्यक्ष सु.नन्द गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

७ आश्विन २०८०, आईतवार २१:५६ मा प्रकाशित
Nabintech