Play

लायन्स क्बल अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट संकलन

गुरुकुल खबर


पोखरा,  लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्र सोसाइटी प्रदेश रक्तसंचार सेवा पोखराको प्राविधि सहयोगमा भएको रक्तदान कार्यक्रमा विभिन्न ठाउँबाट आए रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका डिपाटमेन्ट चिफ ज्ञानेन्द्रराज कोइरालाले मर्दीका अध्यक्ष मनोज कुमार अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे ।

उनले रक्तदान महादान भएको भन्दै रक्तदान गर्दा त्यसले अरु विरामीले नयाँ जीवन पाउने बताए । उनले एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्ने बताए । एक स्वस्थ व्यक्तिले रक्तदान गर्नु पूर्ण रुपमा सुरक्षित हुने उनले बताए ।

कार्यक्रममा रक्तसंचार सेवा पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसीले तीन तीन महिनामा रक्तदान गर्न सकिने बताए । उनले मरेर जाने सेललाई रक्तदान गर्दा अर्को व्यक्तिलाई रगत अभाव पुरा गर्ने बताए ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका ब्लड कोडिनेटर जितेन्द्रमान शाक्यले १८ देखि ६५ वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटक सम्म रक्तदान गर्न सकने बताए ।

उनले रगतलाई अरु हिसाबले बनाउन नसकिने हुदाँ यसको अर्को कुनै विकल्प नभएको बताए । शल्यक्रिया, सुत्केरी महिला, दुर्घटना परेका व्यक्तिलाई रगतको बढि मात्रमा आवश्यक पर्ने गरेको उनको भनाई छ । उनले आफुले अहिले सम्म ८१ पटक रक्तदान गरिसकेको बताउदै रक्दान गर्दैमा कुनै कम्जोरी नहुने बताए ।

रक्तदान कार्यक्रममा लायन्स क्लब अफ पोखरा मर्दी सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक प्रचण्ड धौनियार, क्लबका कोषाध्यष विष्णुप्रसाद अधिकारी, सदस्य अर्जुन पौडेल र क्लबका अध्यक्ष मनोज कुमार अधिकारीले रक्तदान र क्लबले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी दिएका थिए । उनीहरुले रक्तदानले मानिसको स्वास्थ्यलाई अझ राम्रो बनाउन सहयोगि हुने बताएका थिए ।

६ आश्विन २०८०, शनिबार १४:३८ मा प्रकाशित
Nabintech