Play

कर्मचारीले आफ्नो विदेश भ्रमणलाई केन्द्रमा राखी बजेट बनाएका कारण पारित हुन नसकेको मन्त्री किराँतीको भनाई

गुरुकुल खबर


पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डका कर्मचारीहरुले उनीहरुको विदेश भ्रमणलाई केन्द्रमा राखी वजेट निर्माण गरेका कारण हालसम्म बोर्डको वजेट पारित हुन नसकेको बताएका छन् ।

पोखरा पर्यटन परिषद्ले शनिबार लेकसाइडमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पर्यटन प्रवद्र्धन भन्दा विदेश भ्रणलाई केन्द्रमा राखी तयार भएको वजेट पारित हुन नसक्ने बताए । कुकुरले पुच्छर हल्लाउने हो, पुच्छरले कुकुर हल्लाउने होइन, उनले भने, तपाइँ मलाई कुकुर भन्न सक्नुहुन्छ, सुन्दा राम्रो शब्द नहोला तर म तपाइँहरुको हितका लागि यस्तो बजेट पारित गर्न अनुमति दिन सक्दिन ।

उनले पोखराको नयाँ विमानस्थल संचालका लागि सरकार गंभीर रहेको बताए । प्रधानमन्त्रीको चीन भ्रमणमा केही निस्कर्ष ननिक्लिए सार्वजनिक निजी साझेदारी मोडलमा पोखरा र भैरहवाको विमानस्थल संचालन हुने उनले बताए । सरकार आबश्यक राष्ट्रिय ध्वजावाहक जहाज थप्ने क्रममा रहेको पनि उनले बताए ।

सो अवसरमा अग्रज पर्यटन व्यवसायीहरु गणेशवहादुर भट्टराई, वासुदेव त्रिपाठी, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, रेवान पोखराका निवर्तमान अध्यक्ष लक्ष्मण वराल लगायतले भनाई राखेका थिए ।

सो अवसरमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मन्त्री किराँतीलाई परिषद्का तर्फबाट एक ज्ञापनपत्र पनि बुझाए ।

यस्तो छ श्रेष्ठले बुझाएको ज्ञापनपत्र

सर्बप्रथम त मन्त्रीज्यूको छोटो पोखरा भ्रमणका अवसरका हामी पर्यटन व्यवसायीसगको यो छलफलका लागी आभार व्यक्त गर्दछौ र रत्न मन्दिर खुल्ला गर्ने लगाएतका यहाले चालेका विविध सकारात्मक कदमहरुको लागी पोखरा पर्यटन परिषदको तर्फवाट विषेश धन्यवाद समेत व्यतक्त गर्दछौ ।

मुलुकको अर्थतन्त्रले अझै सोचे जस्तो सकारात्मक लय लिन सकिरहेको छैन जसको प्रत्यक्ष मारमा सर्बसाधारण तथा व्यवसायीहरु त्यसमा पनि पर्यटन व्यवसायीहरु ठुलो मारमा परेको अवस्था छ । दिनानुदिन महङी वढदै जानु, दक्ष जनशक्ति पलायन हुदै जानु र सरकारले करको दायरा वढाउने नाममा जे मा पनि कर माथी कर थपिदिदा, बैकको अस्थिर व्याजदर, झझटिलो दर्ता नबिकरण प्रक्रियाले गर्दा व्यवसायी नै बिस्थापित हुनुपर्ने अवस्था विध्यमान रहीरहेको छ ।

पोखरा जोडने सडकको दुरदशा, पोखरा अन्र्तराष्ट्रिय बिमानस्थल वाट अन्र्तराष्ट्रिय बिमानहरु सुचारु नहुनु, भारतीय रुपैयाको सहज सटही व्यवस्थामा देखिएको समस्या, करका दरहरु वढाउदा हाम्रा प्रोडक्टहरु महङो हुन गै पर्यटक नै ड्राईभट हुने अवस्था लगायत विविध कारणवाट पर्यटन व्यवसायमा आएको गिरावट कै कारण मुलुकको राजश्व संकलन पनि प्रभावित भएको छ भने बिदेशी मुद्राको सञ्चिति पनि अपेक्षाकृत रुपमा वढन सकेको छैन ।

यसरी व्यवसाय ओरालो लाग्दै गर्दा पनि बैक तथा वित्तिय संस्थाहरुको व्याजदर भने उकालो लाग्न थाल्यो । जति व्यवसाय घटयो, उति नै व्याजदर बढयो । त्यसैले आज पर्यटन व्यवसायीहरु दोहोरो चपेटामा छौ । पाहुना आएका छैनन – व्यवसाय चौपट भएको छ, बैकले ताकेता गरेका ग-यै छन, किस्ता र व्याज बुझाउन सकेका छैनौ । ७-८ प्रतिशतको व्याजदरमा लिएको ऋणको व्याजदर आज बढेर दोब्बर भन्दा पनि माथी पुगि सकेको छ । यसको नियमन कसले, कसरी गर्ने । बैकवाट लिएको ऋण तिर्नुपर्छ तर यतिबेला हामीलाई समय चाहिएको हो । भन्दा भन्दै र आजको आजै ऋण तिर्न सक्ने अवस्थामा हामी छैनौ । बैकको ऋणको किस्ता र व्याज नबुझाई हर्जानाको भारी बोक्ने रहर हामीलाई पनि छैन ।

यस क्षेत्रमा पर्यटनमा देखिएका केही समसामयिक समस्याहरुलाई बुदाँगत रुपमा राख्दै समाधानका लागी आवश्यक पहल गरिदिनुहुन अनुरोध गर्दछु ।

१, बैकहरुको अस्थिर र उच्च व्याजदर नियन्त्रण तथा पर्यटनलाई सहुलियतपुर्ण सरलकर्जाको (एकल अंकको व्याजदर) व्यवस्थाका लागी पहल गरिदिनुहुन र कृर्षि लगायत अन्य क्षेत्रमा जस्तै बैक तथा बित्तिय सस्थाँहरुले पर्यटनमा पनि कम्तिमा दश प्रतिशत लगानी अनिवार्य गनुपर्ने व्यवस्था गर्न एवं कर्जाको पुनर्तालिकीकरण र पुर्नकर्जा पाउने व्यवस्थाका लागी आवश्यक पहल गरिदिनुहुन समेत अनुरोध छ ।

२, पोखरा अन्र्तराष्ट्रिय बिमानस्थलमा छिमेकी र एसियाका अन्य मुलुकहरुवाट सिधा उडान संचालन गरी पुर्ण रुपमा संचालनमा ल्याउन र छिमेकी मित्रराष्ट्रहरुवाट थप एअर रुट खुल्ला गर्न आवश्यक पहल गरिदिनुहुन अनुरोध छ । तत्कालको लागी नेपाल एअरलाईन्सले कम्तीमा हप्तामा ३ वटा अन्र्तराष्ट्रिय उडान पोखरा अन्र्तराष्ट्रिय बिमान स्थलवाट छिमेकी देशका विभिन्न गन्तव्यहरुमा गर्ने गरी व्यवस्था मिलाई दिनुहुन विषेश अनुरोध गर्दछौ । हामी पोखरेली व्यवसायीहरु अन्र्तराष्ट्रिय उडानका लागी बिमान पुर्ण अधिभोग  गराउन प्रतिवद्ध छौ । हाल गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थललाई ट्राजिट बनाएर भईरहेको उडानका खुशी व्यक्त गदै सोही प्रकृतिवाट पोखरा अन्र्तराष्ट्रिय बिमानस्थललाई पनि ट्राजिट बनाएर विभिन्न गन्तव्यहरुमा उडान भर्ने व्यवस्था मिलाई दिनुहुन समेत अनुरोध गर्दछौ ।

३, आज नेपाल आउने हवाई भाडा उच्च हुदै गएको छ । नेपाल एअरलाईन्ससग यथष्ट जहाज नहुदा विश्व बजारका प्रख्यात गन्तव्यहरुसग हाम्रो देशको सिधा सम्पर्क हुन सकेको छैन । हालका लागी कम्तीमा ४ वाईडवढी बिमान खरिद गर्ने हो र नेपाली आकाशलाई आईकाओको कालो सुचीवाट हटाउने हो भने नेपालको पर्यटनले मात्र हैन समग्र्र अर्थतन्त्रले नयाँ फडको मार्नेछ । साथै नेपाल एअरलाईन्सले आन्तरीक तर्फ कम्तीमा एटिआर मोडल जस्ता ४ वटा जहाज थप गरी अन्र्तर–प्रदेशिय उडान भर्न सकेमा आन्तरीक पर्यटनमा समेत उल्लेख्य वृद्धिहुने हामीले अपेक्षा गरेका छौ । यसर्थ तत्काल आन्तरीक तर्फ ४ बिमान र वाहिय उडानका लागी वाईडवढी ४ बिमान तत्काल खरिदको प्रकृया अगाडी वढाईदिनुहुन समेत विषेश अनुरोध गर्दछौ ।

४, हाल पोखरा अन्तराष्ट्रिय बिमानस्थलवाट विभिन्न एअरलाईन्सहरुले उडान भरीरहेका छन तर अधिकाश उडान काठमाण्डौका लागी मात्र छन । सरकारी तवरवाट नितिमा नै उल्लेख गरी निजि एअरलाईन्सहरुले पनि कम्तीमा हप्तामा एक अन्तर प्रदेशिय उडान सेवा अनिवार्य दिनुपर्ने व्यवस्था गरी पोखरालवाट सबै प्रदेशसग सिधा उडान गरी आन्तरीक पर्यटनलाई वढवा दिन पहल गरीदिनुहुन अनुरोध छ ।

५, पर्यटन व्यवसायलाई पनि उघोग सरह मान्यता दिन महत्वपुर्ण भुमिका निर्वाह गरिदिनुहुन अनुरोध छ ।

६, सडक संञ्जालका कारण हाल पोखरा भ्रमण गर्ने पर्यटकलाई धेरै शास्ती भोग्नु परेकाले मुग्लीन – पोखरा सडक खण्ड, पोखरा – बुटबल सडक खण्ड, नारायणघाट – बुटबल र पोखरा –जोमसोम सडक खण्ड दुत्र गतीमा गुणस्तरीय सडक निमार्ण गर्न आवश्यक पहल गरिदिनुहुन अनुरोध छ ।

७, पोखरा लगायत गण्डकी प्रदेशका सबै तालहरुको संरक्षण गर्न, अतिक्रमण भएको तालको भुभाग फिर्ता ल्याउन र तालहरुलाई सौन्दरिकरण गर्न आवश्यक पहल गरिदिनुहुन अनुरोध छ ।

८, प्रमुख पदयात्रा क्षेत्रहरु जस्तै मनाङ, मुस्ताङ, गोर्खाको सामागाँऊ लगायतका क्षेत्रमा अत्याधुनिक मौशम पुर्वानुमान यन्त्र जडान गरी जोखिम न्युनिकरणमा सहयोग पुरयाउन अनुरोध छ ।

९, नेपाल पर्यटन वोर्डमा निजी क्षेत्रवाट प्रतिनिधित्व गर्ने वोर्ड सदस्यहरुको भुमिका पनि प्रभाबकारी हुन सकेन भने नेपाल पर्यटन वोर्डको बजेट समयमा नै पारित हुन नसक्दा देशकै समर्ग पर्यटनको प्रवर्धन र विकाशमा यसको असर पर्न गयो साथै पर्यटकिय सिजन अगाडी नै गर्नुपर्ने धेरै प्रवर्धनका कार्यक्रमहरुमा जसरी हुन पर्ने हो सो अनुरुप हुन सकेनन । त्यसैमा पनि नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय हाल सुतेको अवस्थामा छ । यसलाई यस क्षेत्रको पर्यटन प्रवर्धन र विकासमा लाग्न पुर्ण अख्तियारी दिई निद्रेशक सहितको पुर्ण टिम खटाई प्रभावकारी कार्यसम्पादन गर्ने तर्फ आवश्यक पहल कदमी लिई दिनुहुन अनुरोध छ ।

१०, देश तथा विदेशमा नतिजा आउने गरी पर्यटन प्रवर्धनका कार्यक्रमहरु संचालन गर्न आवश्यक पहल गरी दिनुहुन साथैतत्कालका लागी हाम्रा छिमेकी देशहरु भारत, चिन र बंगलादेशवाट बढी भन्दा बढी पर्यटक कसरी नेपाल भित्रायाउन सकिन्छ भनी पुर्ण योजनाका साथ प्रवर्धनका कार्यक्रमहरु अगाडी वढाईदिनुहुन समेत अनुरोध छ । बिदेश स्थित नेपाली कुटनितिक नियोगहरुलाई अनिवार्य रुपमा नेपालको पर्यटन प्रवर्धनमा लाग्नुपर्ने व्यवस्था गर्न साथै विदेशमा रहेका नेपालीहरु, गैरआवासिय नेपालीहरु सबैले एक नेपाली – एक पर्यटक अनिवार्य रुपमा नेपाल भ्रमण गराउने निति लिई यसलाई प्रोत्साहित गर्न तथा राज्यवाटै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा दिर्घकालिन पर्यटन प्रवर्धनको निति अबलम्बन गरी प्रभावकारी कार्यान्वयन गर्न अनुरोध छ ।

११, व्यवसाय मैत्री पर्यटनको दिर्घकालिन निति निमार्ण गर्न तथा झन्झटिलो सरकारी दर्ता, नबिकरण प्रणालीलाई समेत सहजिकरण गरिदिनुहुन अनुरोध छ ।

१२, छिमेकी मित्रराष्ट्रहरुमा चलन चल्तीमा रहेको नोटहरु (भारु ५०० लगायतका नोटहरु)को कारोबारलाई सहज बनाईदिनुहुन अनुरोध छ ।

१३, पर्यटनमा नयाँ नयाँ गन्तव्य पहिचान गरी दिगो पर्यटनको लक्ष्य प्राप्ती गर्ने गरी तिनको प्रवर्धन र बिकाशमा लाग्न समेत अनुरोध छ । धन्यवाद ।
पोम नारायण श्रेष्ठ अध्यक्ष पोखरा पर्यटन परिषद ।

६ आश्विन २०८०, शनिबार १३:५५ मा प्रकाशित
Nabintech