Play

ऐतिहासिक वाटुलेचौर तीज मेला सम्पन्न, विन्ध्यवासिनी मा.वि सम्मानित

गुरुकुल खबर


पोखरा, परापुर्वकालदेखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेला सम्पन्न भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा आमन्त्रित समुहले आआफ्ना तीज गीत तथा नृत्य प्रस्तुत गरेको र सोही कार्यक्रममा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने थियो ।

मेलामा पोखरा १६ र १९ वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए । सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद दश हजार रुपैयाँ र प्रमाणपत्र वितरण गरिएको छ । समुहलाई क्लवका अध्यक्ष सुशील वस्नेत, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, निवर्तमान अध्यक्ष मोहन थापा , संयोजक तारा प्रसाद तिमिल्सीना, मानार्थ सदस्य वेनी वहादुर वस्नेत लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका हुन् ।

साँझसम्म चलेको मेला हेर्न पोखरा सहित त्यस आसपासका क्षेबाट सहभागीहरुको वाक्लो उपस्थिती रहेको थियो । महेन्द्र गुफा तथा चमेरे गुफा पुगेका स्वदेशी तथा विदेशी पर्यटक समेत मेलामा झुम्मिएका थिए । मेलामा चर्चित लोक दोहोरी गायक राजन कार्की र जयोती लोहनीले सहभागी दर्शकलाई आफ्ना एक दर्जन बढी तिजे भाकामा झुमाएका थिए ।

उनीहरुले गाँउदा सहभागी महिलाहरु व्रतको प्रवाह नगरी कम्मर मर्काएरै दिनभर जसो छमछम्ती नाचेका थिए । यस अघि त्यस क्षेत्रका विभिन्न १६ वटा आमा समुहका अध्यक्ष सहित वडा सदस्य राजकुमारी वाँनिया र मञ्जु वस्यालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा पुर्व मन्त्री एवं गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा सहित विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको क्लवले जनाएको छ । कार्यक्रममा वाटुलेचौरमा नै रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालय सम्मानित गरिएको थियो । क्लवका अध्यक्ष वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमा अध्यक्ष मोहन थापा र संचालन सचिव शिवराज देवकोटाले गरेका थिए ।

२ आश्विन २०८०, मंगलवार १३:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा