Play

पत्रकार पौडेललाई यातायात पत्रकारीता पुरस्कार

गुरुकुल खबर


पोखरा, ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिने भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष पौडेल सम्मानित हुन लागेका हुन् ।

पुरस्कार छनौट समितिले कान्तिपुर टेलिभिजनका उप सम्पादक पौडेललाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैया नगद रहेको छ । पुरस्कार संस्थाको साधारण सभाको अवसर पारेर प्रदान गरीने प्रालिका प्रबन्ध निर्देशक अमृत तिमिल्सीनाले जानकारी दिए ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहेका पत्रकार पौडेल विगत १७ वर्षदेखि पत्रकारीता पेशामा क्रियाशिल छन् । पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन, एभिन्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरीसकेका छन् ।

पौडेल पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको स्मृतीमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत भईसकेका छन् । उनी विभिन्न सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भईसकेका छन् ।

२ आश्विन २०८०, मंगलवार १३:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा