Play

अमेरिकाको एट्लान्टामा ज्ञान महायज्ञ तथा अध्यात्मिक महोत्सव हुँदै

गुरुकुल खबर


एट्लान्टा, जर्जियाको एट्लान्टा शहरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा एट्लान्टा आध्यात्मिक महोत्सव २०२३ आयोजना गरिने भएको छ ।

नेपाली कल्चर सेण्टरको भवन निर्माणका लागि सहयोग जुटाउने मूल उद्धेश्यले आगामी नोभेम्बर ५ देखि ११ तारिखसम्म यो महोत्सव हुन लागेको नेपाली कल्चर सेन्टर एट्लान्टाका सिके पराजुलीले जानकारी दिए ।

नेपाली कल्चर सेण्टर जर्जियाको आयोजनामा नेप्लीज एसोसिएशन अफ जर्जिया, एनआरएनए जर्जिया, अनेसासा जर्जिया, मधेसी एसोसिएशन नेपाल जर्जिया र डब्ल्यू ऐच एफको सहयोगमा महोत्सव हुन लागेको हो ।

युवा पण्डित दिनबन्धु पोखरेल महोत्सवमा प्रमुख वाचकको रुपमा रहने आयोजकले जनाएका छन् । नेपाली भाषा, संस्कृति, तथा रितीरिवाजलाई माया गर्ने सम्पूर्ण दाजु, भाइ, दिदी, बैनी, तथा बुवा, आमा मा उपस्थितीको लागि आव्हान गरिएको छ ।

३० भाद्र २०८०, शनिबार १३:४७ मा प्रकाशित
Nabintech