Play

भूमिअधिकार मञ्च कास्कीको अध्यक्षमा पुनः प्रेम गुरुङ

गुरुकुल खबर


पोखरा, आईबार पोखरामा सम्पन्न राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल कास्की जिल्ला मञ्चको पाँचौ अधिवेशनले पुनः प्रेम बहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा बुद्धि पुन, सचिवमा कुमारी गुरुङ, सहसचिवमा विष्णु भट्टराई, कोषाध्यक्षमा लेखमाया थापा र सदस्यहरुमा गोमा तामाङ पराजुली, वेलमाया गुरुङ, शान्ति गुरुङ, हरिकुमारी गुरुङ, मुना श्रीस, याता माया तामाङ, लोक बहादुर पुन, मानबहादुर गुरुङ, मिन बहादुर विक, डिलबहादुर तामाङ, त्रिवेणी प्रसाद, गोविन्द नेपाली र लोक बहादुर सेन सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले उद्घाटन गर्दै भुमि व्यवस्था मन्त्रालय भएतापनि प्रदेश मन्त्रालयमा भूमिको काम गर्न पाउने गरी कानुनी व्यवस्था नभएको वताए । साथै उनले भूमिहिन सुकुम्बासी, अव्यवस्थित वमोवासीहरुको समस्यालाई नजिकबाट हेरिरहको बताउँदै समाधानको लागि प्रदेश सरकारले जहजीकरण गर्ने बताए ।

सोही अवसरमा पत्रकारहरु अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट र मधु अधिकारी तथा कास्की जिल्ला मञ्चका गतिविधिहरुमा सक्रियता पूर्वक सहभागि भई विभिन्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । त्यसैगरी कास्की जिल्ला भित्र रहेका २० वटा टोल मञ्च र तथा पोखरा–९ का कृष्णटोल आमा समुह, शिव टोलविकास संस्था, पार्वती टोलविकास संस्था र शुभकामना टोलविकास संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

सो अवसरमा राष्ट्रिय भूमिअधिकार मञ्चका संरक्षक ल्यामबहादुर दर्जी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेज नारायण अधिकारी, राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय कोषाध्यक्ष सुनिता विश्वकर्मा, केन्द्रिय सदस्य तथा राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय सचिव लक्ष्मी प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र कास्कीका प्रतिनिधि अर्जुन मल्ल, मञ्चका गण्डकी प्रदेश सचिव निर्मल नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कास्की मञ्चकी सचिव कुमारी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन बहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । जिल्ला मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामबहादुर लामिछानेले र संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन् ।

२५ भाद्र २०८०, सोमबार १३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा