Play

महिला आफैं प्रतिवद्ध बन्नु पर्छ : कांग्रेस नेतृ थपलिया

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलियाले घर, समाज र राजनीतिलाई महिला स्वयंले सम्हाल्नु पर्ने बताएकी छिन् । चेतनास्तर बृद्धि गर्न महिलाले ३ सत्ता पारिवारिक, सामाजिक र राज्य सत्तामा पहुँच बढाउन सुझाव दिइन् ।

नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित नवौ वार्षिक साधारण भेला तथा तीज विशेष कार्यक्रमको प्रमुख अतिथि थपलियाले परिपक्क परिवर्तन गर्न सवै समस्यालाई पन्छाएर नेपाली कांग्रेसले आन्तरिक राजनीतिक जीवन सञ्चालन गरेको बताइन् । समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षतामा भएको सभामा नेतृ थपलियाले समाज परिवर्तनको लागि त्याग गर्ने योजना थालनी गर्नु पर्ने समय आएको उल्लेख गरिन् ।

बीपी कोइरालालाई स्मरण गर्दै उनको राजनीतिक विचारलाई हिजो जस्तै आजपनि मनन् गर्नु पर्ने बताईन् । उनले उद्यमशीलताई जोड दिँदै कांग्रेसले गहन ढंगबाट आर्थिक उपार्जन गर्न सक्नु नै भष्ट्राचार अन्त्य हुने उपाय भएको ठोकुवा गरिन् । नेतृ थपलियाले महिला जागरणको कुरा गर्दै घर जसरी चलाइएको छ, त्यसैगरी देश चलाउने प्रतिवद्दता आफैले गर्नु पर्ने बताएकी थिइन् ।

समितिका सचिव श्यामबहादुर इटनीको सञ्चालन र वरिष्ठ उपसभापति माधव लम्सालले स्वागत गरेको सभामा नेपाली कांग्रेस कास्कीका सभापति किश्वरदत्त बरालले ११० औं बीपी स्मृति दिवस सम्झना गर्दै राजनीति र आर्थिक रुपान्तरणको लागि कांग्रेस र बीपी पर्याबाची भएको बताए । सभापति बरालले उद्यमशीलता नजोडिएसम्म भ्रष्टाचार अन्त्य नहुने धारणा राखेका थिए ।

वार्षिक साधारण सभामा नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका संस्थापक सभापति केदार धमला, निवर्तमान सभापति लालप्रसाद पाठक, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, नेका पोखरा महानगर ६ का सभापति सन्तोष पौडेल, सल्लाहकार मोहन पण्डित, पोखरा महानगर वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुली, पोखरा विश्वविद्याल स्कुल अफ् हेल्थकी विमला भट्ट, धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल इटनी लगायतले तीजको १ दिनमात्र हुने कार्यक्रमले महिला जागरण नहुने भन्दै पार्टीले गहन ढंगबाट लिनु पर्ने बताएका थिए ।

सम्पर्क समितिले एसइई र प्लस टु उत्तीर्ण विद्यार्थीलाई सम्मान समेत गरेको थियो । एसइई उत्तीर्ण विद्यार्थी मनिषा श्रेष्ठ, असिम ढकाल, गंगा अर्याल, जमुना अर्याल, सुसन श्रष्ठ र इशा ईटनी रहेका छन् भने प्लस टु तर्फकमा प्रकाश इटनी, निश्चल पाठक, साधना लम्साल, आयुष श्रेष्ठ, करुण दुलाल र अर्जुन श्रेष्ठलाई सम्मान गरेको सहसचिव शान्ता धरेलले जानकारी दिइन् ।

समितिमा क्रियाशील सदस्यता लिएका बाबुआमाको छोराछोरीलाई प्रमाणपत्र, खादा र अविरले सम्मान गरेको सहसचिव राकेश श्रेष्ठले जानकारी दिए । समितिका उपसभापति देवकुमारी श्रेष्ठ (सीता) को संयोजकत्वमा गठित उपसमितिले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएको थियो । सभामा सचिव श्याम इटनीले वार्षिक तथा सांगठनिक प्रतिवदेन प्रस्तुत गरेका थिए । समितिमा आवद्ध ५ सय ४५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लोकदोहोरी गायक प्रदिप अर्याल र गायिका सीता न्यौपानेले सहभागिलाई मनोरञ्जन दिलाएका थिए ।

२४ भाद्र २०८०, आईतवार १३:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा