Play

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा रक्षाबन्धन कार्यक्रम

गुरुकुल खबर


पोखरा, रक्षाबन्धन २०८० को शुभ अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय नयाँबजार पोखरा द्वारा बिहिबार प्रातः शुभकामना आदान प्रदान, रक्षासूत्र ग्रहण एवम् अवगुण दान कार्यक्रम सम्पन्न भयो ।

राजयोगिनी ब्र.कु. परिणीताको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य बिन्दु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । संस्था महासचिव राजयोगी ब्र.कु. शैलेषराज बरालले शुभकामना मन्तव्य एवम् पर्वको आध्यात्मिक रहस्योद्घाटन गरेका थिए । कार्यक्रम सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभाले गरेकी थिइन् ।

संस्थाको मुख्यालयबाट आएको रक्षासूत्रलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रो. डा. श्री कृष्ण श्रेष्ठ, डा. रामचन्द्र बास्तोला लगायत उपस्थित अतिथि अतिथिले संयुक्त रुपमा मञ्चबाट प्रदर्शन गरेका थिए ।

दिनभरी चलेको रक्षासूत्र ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्, मुख्यमन्त्री सुरेन्द्र पाण्डे, उपमेयर मन्जु देवी गुरुङ, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भट्टचन लगायत दर्जनौंको उपस्थिति रहेको थियो ।

 

१५ भाद्र २०८०, शुक्रबार १३:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा