Play

अधिकार प्राप्तीका लागि क्षेत्रीय राजनीतिक शक्ति निर्माण आवाश्यक

गुरुकुल खबर


पोखरा, आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक निर्माणका साथै सशक्त आन्दोलन आवाश्यक रहेको बताइएको छ।

आदिवासी जनजाति संघर्ष समिति गण्डकीले बुधवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालका आयोजित कार्यक्रमका वक्ताहरुले अधिकार प्राप्तिका लागि आफ्नै राजनीतिक शक्ति र सशक्त आन्दोलन आवाश्यक रहेकोमा जोड दिएका हुन्।

कार्यक्रममा लेखक, साहित्यकार एवम राजनीतिक विष्लेषक खगेन्द्र संगौंला, राजनीतिक विष्लेषक डम्बर खतिवडा र अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले आदिवासी जनजाति साँस्कृतिक समुह हुदै अब राजनीतिक निर्णायक शक्ति बन्नुपर्नेमा जोड दिएका हुन् ।

लेखक, साहित्यकार एवम राजनीतिक विष्लेषक खगेन्द्र संगौंलाले अन्र्तक्रिया कार्यक्रममा विचार व्यक्त गर्नुहुदै नेपाली जनताले पटक पटक आन्दोलन गरी व्यवस्थाहरु परिवर्तन गरे पनि सोंच र व्यवहारमा शासकत्व यथावत रहेकाले विभेदमा पारिएका महसुस गरेका आदिवासी जनजातिले अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक शक्ति निर्माण र सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

मधेसमा लामो समयदेखि राजनीतिक शक्तिको अभ्यास र एकिकृत आन्दोलनले नै प्रदेशको नाम मधेश र विभिन्न अधिकार स्थापित गर्न सकेको हो भने पुर्वमा कोशी नामाकरण खारेजी गरी किराँत लिम्वुवान प्रदेश नामाकरणका लागि पहिचानको आन्दोलन गाउँ टोल टोलमा पुगेकाले सकरात्मक परिणामको अपेक्षा रहेको उहाँको भनाई थियो।

अर्का वक्ता राजनीतिक विश्लेषक डम्बर खतिवडाले आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मुक्तिको आन्दोलन, समतामुलक समाज निर्माण, समान अधिकारका लागि आन्दोलन भएको बताए । उनले आन्दोलन परिणाममुखी बनाउन साँस्कृतिक समुहलाइ राजनीतिक प्रादेशिक शक्तिको रुपमा विकास गर्नुपर्ने बताए । राष्ट्रिय चरित्रको पार्टीको आवाश्यकता छ, त्यसका लागि आदिवासी जनजाति आन्दोलन राजनीतिक शक्तिको रुपमा रुपान्तरण गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले पहिलो संविधानसभा विघटन हुनु नै नेपालका आदिवासी जनजातिहरुले प्राप्त हुने अधिकार खोसिएको बताए । आन्दोलनहरुले व्यवस्थाा परिवर्तन गरे पनि अझै पनि राज्य एकल नै भएको उनको भनाई थियो। आदिवासी जनजातिका विगतको आन्दोलनको समिक्षा गर्दै सचेततनापुर्व राजनीतिक शक्ति निर्माणका साथ आन्दोलित हुन सकिए अधिकार प्राप्ति हुदै जाने उनले बताए ।

आदिवासी जनजाति संघर्ष समिति गण्डकीका संयोजक धर्मबहादुर गुृरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक हुमबहादुर गुरुङले स्वागत, आदिवासी जनजाति महासंघ गण्डकी सचिव तथा संघर्ष समिति युवा सचिव तोरन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

 

१४ भाद्र २०८०, बिहीबार १०:३८ मा प्रकाशित
Nabintech