Play

वडाबाट नै राष्ट्रिय परिचयपत्र उपलव्ध गराउनु पर्छ- नेका पोखरा महानगर

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले स्थानीय सरकार मार्फत वडा वडाबाट नै सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलव्ध गराउन  माग गरेको छ ।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्रमान विजुक्छेको नेतृत्वमा आईतबार गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउदै सो माग गरेको हो ।

गॅाउ गॅाउमा सिंहदरबार भनिए पनि नागरिकले स्थानिय तहको सरकारको अनुभुति गर्न नपाएको भन्दै उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ‘विकट र दुर्गम क्षेत्रबाट राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय नै आउनु पर्ने नागरिकका लागि सास्ती हो, आ-आफ्नै वडाबाट सहज रुपमा राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनु पर्छ ।’

यसैगरी परिचय पत्र फारममा विवरण फरक भई त्रुटि सच्याउन लाग्ने ५ सय रुपैया रकमप्रति पनि आपत्ति जनाउदै सभापति सुरेन्द्रमान विजुक्छेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ‘विवरण सच्याउन लाग्ने रकम खारेज गर्न माग गर्दछौ ।’

साथै टोलीले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रममा राज्यको सुस्तता प्रति पनि ध्यानाकर्षण गराएको छ ।

सभापति विजुक्छेका साथमा कार्यसमिति सचिव टुवराज बॅास्तोला, सहसचिवद्वय संघर्ष कोइराला र संजय आले, प्रवक्ता धनञ्जय पौडेल एवम् सदस्य रामचन्द्र शर्मा सहभागि थिए ।

१० भाद्र २०८०, आईतवार २२:३१ मा प्रकाशित
Nabintech