Play

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्की क्षेत्र नं ३ को पदस्थापन

गुरुकुल खबर


पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ क्षेत्रीय समिति क्षेत्र नं ३ तदर्थ समिति कास्कीको शुक्रबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

सभापति राजु घलेको अध्यक्षता र नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

क्षेत्र नं ३ को उक्त क्षेत्रीय समितिमा उपसभापति बुद्धि पुन र मनप्रसाद तामाङ, सचिव अनिल गुरुङ र अमृत तामाङ, सह सचिव दिलदेवी पून र विशाल गुरुङका साथै कोषाध्यक्षमा मिनबहादुर गुरुङ रहेका छन् ।

सदस्यहरुमा विक्रम उदास, सन्तमान श्रेष्ठ, भिमकुमारी गुरुङ, अनुुप गुरुङ, केशव विजुक्छे, लालबहादुर रानामगर, राजु रानामगर, रामकुमारी पून र प्रेमबहादुर गुरुङ रहेका छन् ।

कार्यक्रमको उदघाटन गर्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राष्ट्रियता, प्रजातन्त्र र लोकतान्त्रिक समाज निर्माणकालागि भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीसंग सहकार्य गर्न कास्की काँग्रेस सदा तयार रहेको बताए । सभापति बरालले राजनीतिमा समान सहभागिताकालागि आदिबासी जनजातिहरु जागरुक हुनु पर्ने र आफ्ना जातिय सवालहरुमा जानकार हुनुपर्ने सुझाव दिए ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नेपाली काँग्रेसको राजनीतिक इतिहासमा आदिबासी जनजाति समुदायले पुर्याएको योगदान अतुलनिय रहेको बताउँदै राजनीतिक पहिचानकालागि सबै जाति वर्गको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे ।

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका सभापति आशबहादुर गुरुङले आदिबासी जनजाति समुदायलाई राष्ट्रियता, प्रजातन्त्र र समावेशी सहभागिताका सवालमा सशक्त गराउने उद्देश्यले महासंघको गठन तथा बिस्तार गरिएको स्पष्ट पारे । आदिबासी जनजाति समुदायले आफ्नो अधिकारको सवालमा आफै गम्भीर र सचेत हुनुपर्नेमा जोड दिदै सभापति गुरुङले भने ‘हाम्रो मुख्य अजेण्डा पहिचानको राजनीति र समावेशी सहभागिता हो, यस बारेमा गम्भीर भएर लाग्नु हाम्रो उद्देश्य हो ।’

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ क्षेत्र नं ३ का क्षेत्रीय सभापति राजु घलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

१ भाद्र २०८०, शुक्रबार १६:०६ मा प्रकाशित
Nabintech