Play

अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा पोखरा संस्कारको वृक्षरोपण

गुरुकुल खबर


साउन २३ पोखरा । पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षरोपण गरेको छ । लायन्स क्लव अफ पोखरा संस्कारको आयोजनामा मंगलबार राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो ।

कार्यक्रमको लयन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालका द्वितिय भाइस गर्भनर एकनारायण शर्माले उद्घाटन गरे । उनले कार्यक्रम संयोजक गोकर्ण सुबेदीलाई विरुवा हस्तान्त्रण गर्दै क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यहरुको प्रशंसा गरे । रोपिएका बिरुवाको संरक्षण सबैभन्दा महत्वपूर्ण भएकाले त्यसतर्फपनि ध्यान दिन उनले आग्रह गरे ।

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताइन् । क्लवले संग्रहालय परिसरको पर्यावरण हरियाली बनाउनका लागि स्थान चयन गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका लागि आफुहरु तयार रहेको बताइन् ।

कार्यक्रममा रिजन चेयर पर्सन कृष्ण तिमिल्सिना, डिपार्टमेन्ट चिफ झम्कनाथ पोखरेल लगायतले क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा पु-याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
क्लवका अध्यक्ष नन्दप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लवका प्रथम उपाध्यक्ष श्यामकृष्ण रेग्मी, सञ्चालन सचिव बलराम शर्माले गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एलका लिडर, क्लवका पदाधिकारी, पर्वतीय संग्रहालयका कर्मचारी लगायतले उपस्थिति थियो । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउँदै आइएको छ ।

बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पु¥याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं. २०३१ साल साउन २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको सम्झना स्वरुप यस दिवसको सुरुवात भएको हो ।

२३ श्रावण २०८०, मंगलवार १२:०३ मा प्रकाशित
Nabintech