Play

तीन महिने ब्युटिसियन तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्युटिसियन तालिम सम्पन्न भएको छ ।

पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक ब्यावशायीक तालिमहरुलाई निरन्तरता दिने वताए । सो अवसरमा बोल्दै तालिमका संयोजक शान्ती कोइरालाले पोखरा १२ भित्र रहेका महिला दिदी वहिनीहरुलाई लक्षित गरी तीन महिने ब्युटिसियन तालिमको आयोजना गरेको जानकारी दिइन् ।

त्यस्तै तालिमका प्रशिक्षक सिनियर ब्युटिसियन तथा ववि ब्युटि सलोन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता केसी कार्कीले युवा महिलाहरुले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागि आजको दिनमा विभिन्न किसिमका सीपहरु सिक्न आवश्यक रहेको वताउँदै आफ्नो संस्थाबाट समेत युवाहरुलाई स्वरोजगार गराउने उद्देश्यले ब्युटिशियन सम्बन्धी विभिन्न तालिमहरु विशेष छुटमा सञ्चालन गरिरहेको जानकारी दिइन् ।

प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तीन महिने तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद ब्यक्त गरिन् । समापन कार्यक्रमको सञ्चालन इन्दिरा भण्डारीले गरेकी थिइन् भने प्रशिक्षार्थीको तर्फबाट गायली कुँबरले स्वागत मन्तब्य राखेकी थिइन् । बवि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टर बुद्धचोकमा सम्पन्न तालिममा १५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

 

१५ श्रावण २०८०, सोमबार १३:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा