Play

बिजीनिसाद्वारा स्व.गुरुङको १३औ दिनको पूण्य तिथिमा शोक सभाको आयोजना

गुरुकुल खबर


पोखरा । ब्रिटिस गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ बिजीनेसाले नेपाल भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष स्व. कर्णेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा शोक सभाको आयोजना गर्यो

बिजीनेसाका अध्यक्ष केश बहादुर गुरुङको अध्यक्षता नेपाल भूतपूर्व  सैनिक संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गर्ज बहादुर गुरुङको प्रमुख आतिथ्यतामा शोक सभाको आयोजना गरिएको हो

शोकसभामा बोल्दै नेपाल भूतपूर्व  सैनिक संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गर्ज बहादुर गुरुङले बौद्व अर्घौ सदन काठमाण्डौकोअध्यक्ष समेत रहेका स्व. गुरुङले पुर्याएको योगदान बारे चर्चा गर्दै विभिन्न क्षेत्रमा गुरुङ जातिको समान सहभागिता, जातिय विकासकासाथै नाम नमिलेको, विवाह दर्ता नभएको अन्य कागजी त्रुटी भएर पेन्सन नपाएका हजारौ पूर्व भारतीय सैनिकहरु बिधवाहरुलाईपेन्सन दिलाउन पहल गरेको स्मरण गरे

भूतपूर्व सैनिक संघ बेलायतका अध्यक्ष केश बहादुर गुरुङले स्वर्गिय कर्नेल लाल काजी गुरुङ तथा नेपाल भूपू सैनिक संघका पूर्व अध्यक्ष मेजर दीपक बहादुर गुरुङले नेपाल भूपू सैनिक संघका लागि पोखरामा जग्गा प्राप्त गर्नका निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनको योगदानको चर्चा गरेका थिए

कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका पूर्व उपाध्यक्ष मेजर बाला सिङ गुरुङले स्व. गुरुङले मार्गदर्शन गरेको बाटोमा सम्पूर्ण भूपूसैनिक संस्थाहरु लाग्न सकेमा उनीप्रति सच्चा श्रध्दान्जली हुनेमा जोड दिए

बिजीनेसाका सल्लाहकार क्याप्टेन एक नारायण गुरुङले स्व. गुरुङको योगदानको चर्चा गर्दै दाङको आमसभामा गोली चल्दा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापती स्वर्गिय गिरिजा प्रसाद कोइरालालाई बचाएको किस्सा सुनाउदै नेपाली कांग्रेससंग स्व. गुरुङको निकटताबारे स्मरण गरेका थिए

कार्यक्रममा बिजीनेसाका उपाध्यक्ष दिल जिसी, एनआरएनए यूकेका महिला संयोजक लीला देबी गुरुङ, नेपाल भुपू सैनिक संघ तनहुँजिल्लाका पूर्व कोषाध्यक्ष रन्जित मल्ल, ग्रीनविच भूपू गोर्खा सैनिक संघ (जिगेसा)को अध्यक्ष तथा नेपाल भूपू सैनिक बेलायत शाखाका सचिव हरिकुमार मल्ल, ग्रिनविच जिगेसाका निबर्तमान अध्यक्ष ओम प्रसाद गुरुङ, तनहुँ समाज यूकेको पूर्व अध्यक्ष लेख बहादुर गुरुङलगायतले स्व. गुरुङले नेपाल भूतपूर्व सैनिक संघ स्थापना गर्नका साथै संस्थालाई चुस्त रुपमा अगाडी बढाउन खेलेको महत्वपूर्ण योगदान बारे चर्चा परिचर्चा गरेका थिए

तत्कालिन  कास्कीको दाडंसिड् गाबिस अन्नपुर्ण स्थायी घर भई हाल काठमाण्डौं बसोबास गर्दै आईरहेका स्व. गुरुङ नेपाली कांग्रेसका नेता, पूर्व सासंद, नेपाल भुतपूर्व सैनिक संघका पूर्व केन्द्रिय अध्यक्ष तथा तमु ह्ययुला छोंज धींका पूर्व अध्यक्ष समेत थिए

८ श्रावण २०८०, सोमबार १८:४८ मा प्रकाशित
Nabintech