Play

पौडी खेल्ने क्रममा खोलामा डुबी युवकको मृत्यु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं.१७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक युवकको निधन भएको छ ।

पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने वर्ष १६ का विवेक कुँवरको पौडी खेल्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पौडी खेल्दा उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल २४ नं. गणबाट समेत गोताखोर टोली समेत खटिई खोजतलास गर्दा घटनास्थल नजिकै पानीभित्र खोँचमा उनी फेला परेका थिए ।

उनलाई तत्काल उद्वार गरी पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा पठाईएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

 

७ श्रावण २०८०, आईतवार १४:३३ मा प्रकाशित
Nabintech