Play

लोकतान्त्रिक तमु संघ मादी गाँउपालिकाको अध्यक्षमा मनोज गुरुङ

गुरुकुल खबर


पोखरा, लोकतान्त्रि तमु संघ नेपाल, कास्की जिल्ला कमिटिले संगठन विस्तार अभियान अन्तरगत शुक्रबार मादी गाँउपालिकाको प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले मादी गाँउपालिका वडा नं.९ का वडाध्यक्ष मनोज गुरुङको अध्यक्षतामा १५ सदस्यीय गाँउपालिका कमिटि निर्वाचित गरेको छ ।

सर्वसम्मत निर्वाचित कमिटिको उपाध्यक्षहरुमा नरबहादुर गुरुङ र कमला गुरुङ, सचिवमा टिकाराम गुरुङ, उपसचिवमा यज्ञप्रसाद गुरुङ र स्नेह गुरुङ, कोषाधयक्षमा शोभा गुरुङ र सदस्यहरुमा राजबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, ज्ञानमाया गुरुङ, पुजन गुरुङ, बुद्ध गुरुङ, धनमाया गुरुङ, कुमानसिंह गुरुङ र रनबहादुर गुरुङ रहेका छन् ।

नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

अधिवेशनबाट नेतृत्व चयनका लागि लोकतान्त्रिक तमु संघका केन्द्रिय कोषाध्यक्ष बैनबहादुर गुरुङको संयोजकत्वमा, पवित्रदेवी गुरुङ, विष्णुमाया गुरुङ, नारायण गुरुङ र झलक पोखरेल रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
संघका नवनिर्वाचित अध्यक्ष मनोज गुरुङले लोकतान्त्रिक तमु संघलाई सशक्त, जुझारु संगठनको रुपमा विकास गर्नका लागि आफु र आफ्नो कमिटि जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटि सदस्य, मादी गाँउपालिका इञ्चार्ज तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष मिनाकुमारी गुरुङले राजनीतिमा चासो नदिएकै कारण तमुहरु पछि परेको बताए । उहाँले तमुहरुलाई जागरुक, सचेत बनाउन, व्यक्तित्व र नेतृत्व विकासका साथै पहुँच अभिवृद्धिका लागि लोकतान्त्रिक तमु संघले भुमिका निर्वाह गर्नुपर्ने बताए ।

शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य एवम नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले तमुहरुको एकता, सामुहिकता, मुलुकमै शसक्त बन्नका लागि राजनीतिसँगै व्यवसायिकतामा जोड दिनुपर्ने बताए ।

लोकतान्त्रिक तमु संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङले लोकतान्त्रिक तमु संघको औचित्य, ऐतिहासिकता र भावी योजनाका बारेमा प्रष्ट पार्नुहुदै सबै तमुहरु लोकतान्त्रिक तमु संघमा गोलबन्द हुन आव्हान गरे ।

लोकतान्त्रिक तमु संघ कास्कीका अध्यक्ष नारायण गुरुङको अध्यक्षता, सचिव डबिन गुरुङको संचालन र उपाध्यक्ष लक्ष्मी गुरुङको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषदका सदस्य पदमप्रसाद पौडेल, लोकतान्त्रिक तमु संघका केन्द्रिय सदस्य सगुन गुरुङ, प्रदेश अध्यक्ष कर्णबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा लोकतान्त्रिक तमु संघका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।

 

६ श्रावण २०८०, शनिबार १३:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा