Play

ईक्यानको नेतृत्वका लागि रस्साकस्सी, अध्यक्षमा चार जनाबिच भिडन्त हुंदै

गुरुकुल खबर


काठमाडौं शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न अधिवेशनबाट नेतृत्व लिनका लागि उमेदवारी दर्तागरिएको आगामी शनिवार हुने निर्वाचनका लागि ईक्यानको नेतृत्व लिन शेषराज भट्टराई,विष्णुहरी पाण्डे, कृष्ण हरी केसी देविदास भट्टराई गरि चार जनाको उमेदवारी परेको  !अध्यक्ष सहित कार्य समितिका सबैपदमा शेषराज भट्टराई विष्णुहरी पाण्डेको प्यानल चुनावी मैदानमा उत्रिएको भएपनि अन्य पदमा उमेदवारीदिनेहरु स्वतन्त्र रुपमा चुनावी मैदानमा देखिएका छन

भट्टराई प्यानलबाट उपाध्यक्ष पदमा श्रीराम पौडेल, गिता शिवाकोटी ( गितान्जली) दयाराम थापाको उमेदवारीपरेको भने पाण्डे प्यानलबाट लक्ष्मण पौडेल, भुवन बहादुर क्षेत्री प्रकाश श्रेष्ठको उमेदवारी परेको प्यानलमा नरहेर पनि चुनावी प्रतिस्पर्धामा उत्रिने उपाध्यक्षका उमेदवारहरुमा  बिमल मान राजभण्डारी, राजनगोदार, पुष्पराज भट्टराई वाई वि पौडेल रहेका छन।

यसैगरि भट्टराई प्यानलबाट महासचिवमा दिपक राज भुषाल,सचिवमा भवनाथ हुमागाई रत्न बहादुर भट्टराई, कोषाध्यक्षमा आशिष कार्कीले उमेदवारी दिएका छन भने पाण्डे समुहबाट महासचिवमा विष्णु देवदाहाल,सचिवमा शिव प्रसाद त्रिपाठी फ़िलिप कुमार दोंग क्षेत्री, कोषाध्यक्षमा विनोद कुमार सुबेदीकोउमेदवारी परेको छ।सह कोषाध्यक्षमा भट्टराई समुहबाट बिकल्पराज पोखरेल पाण्डे समुहबाट हेमराजसिग्देल उमेदवार बनेका छन सचिव पदमा आई पि गोले तामांगले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका छन

सदस्य पदमा भट्टराई समुहबाट गोविन्द खनाल, हेमराज थापा,रमेश लुईंटेल, सुवर्ण बस्नेत,उमा खड्का पाठक, बिजय कुमार बस्नेत, बसन्त पाण्डे राजेश श्रेष्ठको उमेदवारी परेको भने पाण्डे समुहबाट आशिषरायमाझी,सुरज शिलवाल, शटेन्द्र झा,शशि प्रसाद भट्टराई,साधना पुडासैनी, शिव प्रसाद अर्याल, शान्त कुमारशर्मा,श्रीराम गिरी मन्जित ढकालले उमेदवारी दर्ता गराएका छन सदस्य पदमा अन्य केहीले स्वतन्त्र रुपमासमेत उमेदवारी दिएको बुझिएको

प्यानल सहित चुनावी मैदानमा उत्रिएको भट्टराई समुहले डिग्निफाईड मेम्बर, भाईब्रेन्ट ईक्यानको नारा अगाड़ीसारेको भने पाण्डे समुहले सहि व्यक्ति सही स्थान, सुदृढ़ समृद्ध ईक्यानको नारा अगाड़ी सारेर चुनावमाहोमिएको

अध्यक्षका प्रत्याशी मध्ये पाण्डेलाई नेकपा एमाले निकट मानिन्छ उनले यस अगाडी पनि अध्यक्ष रहेर कामगरिसकेका छन भट्टराई भने राजनीतिक रुपमा स्वतन्त्र जस्तै मानिन्छन उनी बर्तमान उपाध्यक्ष भएकोलेअध्यक्षको उमेदवारी स्वभाविक रहेको बताउंछन।

२८ असार २०८०, बिहीबार १०:०१ मा प्रकाशित
Nabintech