Play

एनआरएनएको नेतृत्वका लागि दौडधुप शुरु, मेरिल्याण्ड च्याप्टरमा सुबेदी र गुरुडको प्रतिस्पर्धा

गुरुकुल खबर


  • मेरिल्याण्ड (अमेरिका), एनआरएनए एनसिसी अमेरिका, मेरिल्याण्ड च्याप्टरमा पनि अन्य च्याप्टरमा जस्तै नेतृत्व लिनका लागि दौड़धूप शुरु भएको छ । मेरिल्याण्ड च्याप्टरको अध्यक्षका लागि समितिका वर्तमान उपाध्यक्ष प्रेम सुबेदी र कुल प्रसाद गुरुगंको बिचमा तिव्र प्रतिस्पर्धा देखिन्छ ।

अध्यक्षका दुबै प्रत्याशीहरुले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको छन ॥ तर विभिन्न पदमा उमेदवारी दिएका चार जना भने दुबै तर्फको प्यानलमा पर्न सफल भएकोले निर्विरोध निर्वाचित भएका छन ।

यही जुलाई २२ र २३ गते अनलाईन भोटिंग प्रक्रिया मार्फ़त मेरिल्षाण्ड राज्य सहित अमेरिकाका सबै राज्य र अमेरिकाको केन्द्रीय समितिले समेत एनआरएनएको नयां नेतृत्व पाउंदै छ ।

मेरिल्याण्ड राज्यमा एनआरएनएको नेतृत्व लिनका लागि प्रतिस्पर्धामा रहेका हालका उपाध्यक्ष प्रेम सुबेदी र कुल गुरुडं दुबै नेपाली कांग्रेस निकट मानिन्छन । सुबेदीको नेपाल घर म्याग्दी भने गुरुडंको पुरानो घर पोखरा रहेको बुझिएको छ ।

निर्वाचन प्रक्रियाको क्रममा गुरुडं र सुवेदीले छुट्टाछुट्टै प्यानल बनाएर उमेदवारी दर्ता गराएका छन । तर दुबै प्यानलमा परेका चार जना भने निर्विरोध निर्वाचित भएका छन जस मध्ये महिला उपाध्यक्ष सृजना न्यौपाने, युवा संयोजक दामोदर पौडेल, महिला सचिव कुशुम खड्का र महिला संयोजक गिता सुवेदी निर्विरोध निर्वाचित भएका हुन ।

निर्विरोध निर्वाचित हुनेहरुलाई सुबेदी र गुरुडं दुबैले आफ्नो समर्थक रहेको दावी गरेपनि उनिहरुले आफुलाई साझा रुपमा चिनाउन थालेका छन ।

च्याप्टरको उपाध्यक्षमा किरण पन्डित र राम बहादुर कार्की, सचिवमा गोविन्द सापकोटा र सन्जोग कार्की, कोषाध्यक्षमा जनक पुन मगर र लोकनाथ मरासिनी चुनावी प्रतिस्पर्धामा छन ।

कुल १ हज़ार ८ सय मतदाता रहेको मेरिल्याण्ड च्याप्टरबाट एनआरएनए अमेरिकाको बोर्ड मेम्बरका लागि बाबुराम भट्टराई, बिजय अधिकारी, दीपेन्द्र लामीछाने, करिश्मा आलेमगर, मनलाल जोशी, मोनिका लामिछाने, नारायण अधिकारी, ओमकाजी गुरुडं, पदम मरासिनी र रोशनी सापकोटा चुनावी मैदानमा उत्रिएका छन ।

सुबेदीले अबको पालो अनुभबि युबाहरूको भन्ने मुल नारा सहित गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिएको भन्दै चुनावी प्रचारमा होमिएका छन ।

समाजका लागि केहि गर्छौ भन्ने दृढ संकल्प र अठोटका साथ एनआरएनए अभियानमा संलग्न केही साथी निर्विरोध निर्वाचित भएको र बाँकी पदमा पनि आफ्नो प्यानललाई मतदान गरिदिन उनको आग्रह छ ।

गुरुडंले पनि योग्य र परिपक्व उमेदवारको छनौट गरेर मतदान गर्न मतदातासंग आग्रह गरेका छन । दुबैले अध्यक्षको नतिजा आफ्नो पक्षमा पार्नको लागि सम्पर्क र भेटघाट तथा समुह बैठकलाई तीव्रता दिन थालेका छन ।

 

२८ असार २०८०, बिहीबार ०२:४९ मा प्रकाशित
Nabintech