Play

मनाङ एयरको हेलिकोप्टर सोलु लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रष्त

हेलिकोप्टरमा पाँच यात्रु र एक पाइलट सवार थिए


गुरुकुल खबर


पोखरा, मनाङ एयरको नाइन एन–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनामा परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक र एक नेपाली पाइलट सवार थिए ।

कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको कमाण्डमा टोली परिचालन गरिएको छ । लिखु पिके गाउँपालिका ५ को सिमामा भएको दुर्घटनास्थलमा हालसम्म पाँच जनाको सव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटना पछि हेलिकोप्टरमा आगो लागेको छ ।

फेला परेका सवको पहिचान खुल्न बाँकी छ । घटनास्थलमा स्थानीय वासिन्दा पनि पुगेको जनाइएको छ । सोलुखुम्बुको सुर्केबाट बिहान ९ बजेर ५२ मिनेट जाँदा उडेको हेलिकप्टर १२ मिनेटमै सम्पर्क विहिन भएपछि खोजीका लागि अर्को हेलिकोप्टर पठाइएको थियो । ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकोप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए ।

 

२६ असार २०८०, मंगलवार १३:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा