Play

फर्मास्युटिकल एसोसियसन गण्डकीमा पौडेल

गुरुकुल खबर


पोखरा, नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशको अध्यक्षमा वरिष्ठ फर्मासिस्ट उपप्राध्यापक प्रकाश पौडेल निर्वाचित भएका छन् ।

औषधि विज्ञानको पुरानो संस्थाको रुपमा रहेको एसोसिएसनको पोखरामा सम्पन्न प्रथम अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । पोखरा महानगरपालिका २५ हेमजा स्थित सुब्बाथर घर भएका उपप्राध्यापक पौडेल गण्डकी विश्वविद्यालय अन्र्तगत औषधि विज्ञान संकायका संयोजक समेत हुन् ।

एसोसिएसनको विधान अनुरुप देशका सातै प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यक्रम अनुसार गण्डकीमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा नवराज बाँस्तोला, सचिवमा विजय त्रिपाठी, कोषाध्यक्षमा कुशल सुवेदी र सदस्यहरुमा शोभित पौडेल, युवराज पौडेल सगै महिला सदस्यमा अमृता अधिकारी निर्वाचित भएकी छिन् । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा मतदान भएको थियो भने बाँकी अन्य पदहरुमा निविरोध भएको थियो ।

कार्यसमिति चयनका लागि अधिवक्ता नारायण प्रसाद तिवारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुलाई निर्वाचन संयोजक तिवारी सगै नेपाल फर्मास्यूटिकल एसोसिएसनका केन्द्रिय अध्यक्ष ललितमोहन पन्त, महासचिव संजिव कट्टेल, प्रचार सचिव अनिश श्रेष्ठ र नेपाल फार्मेसी फार्मेसी परिषद (एनपिसि) का रजिस्ट्रार संजिव पाण्डे लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल फार्मेसी परिषद्को स्थापना, फर्मास्यूटिकल जर्नलको प्रकाशन, औषधि व्यवस्थापन सम्बन्धी तालिम, हस्पिटल फार्मेसी र कम्युनिटि फार्मली सम्बन्धी कार्यशालाको आयोजना, औषधि विज्ञान विषयका विद्यार्थीलाई व्यवाहारिक तालिम जस्ता औषधि विज्ञानको विषयमा प्राविधिक सेवा पुरयाउनुका साथै फर्मासिष्टको पेशागत हक हितको क्षेत्रमा काम गर्दै आएको औषधी विज्ञानको विभिन्न क्षेत्रमा कार्यरत जनशक्तिको वैधानिक छाता सङ्गठनको स्थापना वि.सं. २०२८ मा भएको थियो । २०८० सालमा देशका सात ओटै प्रदेशमा प्रादेशिक तथा डिप्लोमा फोरम कार्यसमिति गठन भएको हो ।

२२ असार २०८०, शुक्रबार १३:०० मा प्रकाशित
Nabintech